खुवा उत्पादनले प्रसिद्ध नौरङीया।

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता, बिजयनगर-कपिलवस्तु (लुम्बिनी प्रदेश)/ फाल्गुन ४

भारतको बलरामपुर जिल्लासँग सिमाना जोडिएको नौरङीया गाउँ खुवा उत्पादनले प्रसिद्ध छ । नौरङीया कपिलवस्तुको जिल्लाको पश्चिमी भेग बिजयनगर गाउपालिका वार्ड नं .५ मा पर्दछ। यहाँ खासगरी यादव बस्ती धेरै भएकोले अधिकांसले पशुपालन गरेका छन। अधिकांशले पशुपालनमा लागेकाले दूध उत्पादन पनि बढ़ी हुन्छ।


बाजार र दुग्ध संकलन केंद्र गाउ भन्दा धेरै टाडा भएकोले आफुहरू खुवा उत्पादनमा लागेको स्थनीयहरूले बताऊ छन। यहां करीब १० वटा खुवा उत्पादन केन्द्र रहेको स्थनीय राकेश यादवले बताए। चिसो मौसमका कारण दुध उत्पादनमा कमि भएकोले हालमा ७ वटा मात्र खुवा केन्द्र संचालनमा रहेको उनले बताऊनु भएको थियो।

आफुहरू धेरै नपढेलेखेको जनेकाले खुवा उत्पादनमा लागेको स्थनीय बिरे यादवले बताउनु भयो। यो बाहेक अरु कुनै रोजगार नरहेकोले खुवा उत्पादन नै ठीक रहेको उनले बताए। हामी ४० बर्ष पहिला देखी खुवा उत्पादन गर्दै आएको उनले बताए। उनले भने “म भन्दा पहिला मेरो बुवाले यो काम गर्दै आएका थिए, उनी बूढो भएपछि यो कार्य मैले सम्हालेको उनले बताउनु भयो।” खुवा उत्पादनले राम्रो आम्दानी हुन्छ उनले भन्नुभयो।

sahani furniture udyog


वहाँका स्थानीय अनुसार “नौरङीयामा एक दिनमा एक सय बिस किलो देखि एक सय पचास किलो सम्म खुवा उत्पादन हुन्छ, गर्मी मौसममा यो मात्रा बढन पनि सम्भावना हुन्छ।”

सो डालपुर र नौरङिया गाउँलाई लक्षित गरेर प्रदेश सरकारले भैंसी स्रोत केन्द्र पनि स्थापना गरेको छ भने गाउँपालिकाले खुवा उत्पादन गर्नेलाई ब्यवस्थित गर्न जस्तापात र भुइँ पक्की गर्न सिमेन्ट उपलब्ध गराइ सहयोग गरेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.