विद्यार्थीहरू देशका भविष्य हुन: कनोडिया

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता , कपिलवस्तु , ४ फाल्गुन
लुम्बिनी प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता एवम प्रदेश सांसद बिरेन्द्र कनोडिया ले विद्यार्थीहरू देशका भविष्य भएको बताउनु भएको छ। जनता माध्यमिक विद्यालय कृष्णनगर वार्ड नं. ६ करमा द्वारा सरस्वती पूजाको उपलक्ष्यमा आयोजित संस्कृति कार्यक्रमलाई सम्बोधन गर्दै नेता कनोडियाले यस्तो बताउनु भएको हो। वहाँले बालबालिकाहरू माथि देश, समाज र परिवारको भविष्य टिकेको बताउनु भयो। आज यो विद्यालयमा पढ़ने बालबालिकाहरूले भोली को दिनमा आफ्नो देश र समाजको नेतृत्व गर्ने उनले बताएका छन्। यही बालबालिकाहरू भविष्यमा नेता, सीडीओ, प्रहरी प्रशासन, प्रधनाध्यपक, अध्यापक, गायक, अभिनेता बंनने र आफ्नो परिवारको सुख समृद्धिमा अहम भूमिका हुने उनले बताएका थिए। शिक्षा क्षेत्रमा अफुलाई हुने सम्म सहयोग गर्ने बताउदै विद्यार्थीहरू सोशल साइन्सलाई सही तरीकाले सदउपयोग गरी आधुनिक पद्धातीले शिक्षा हासिल गर्ने बाताबरण बनाउन कनवडिया ले जोड दिएका छन् ।

संस्कृति कार्यक्रमले विद्यार्थीहरूको क्षमतामा बृद्धि हुने कार्यक्रमका बरिष्ठ अतिथि बरहमनन्द उपाध्यायले बताउनु भएको र विद्यार्थी भित्र रहेको उत्साह र कलालाई बहिरा ल्याने माध्यम संस्कृति कार्यक्रम रहेको उनले बताउनु भयो।

sahani furniture udyog

यसैगरी संस्कृति कार्यक्रम ले विद्यार्थीहरू को हौसला र मनोबल बढाउने कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सचितानन्द शुक्लाले बताउनु भएको छ। यसैको माध्यमले विद्यार्थी भित्र रहेको डर भय अन्त हुने र विद्यार्थीहरू हौसला र मनोबल बढने समेत शुक्ल ले बताए।

उक्त कार्यक्रममा ३० जना बाल कलाकार (विद्यार्थी) हरू अभिनय गरेको प्रधनाध्यपक कुदुस मुसलमानले जनकारी गराउनु भएको छ। बाल कलाकारहरूले नाटक, नृत्य, संस्कृति नृत्य, अवधी गीतमा अभिनय गरेको उनले बताए। कार्यक्रम संचलन बिरबहादुर मौर्याले गर्नु भएको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.