

शहबाज खान, ५ फागुन, कपिलवस्तु ।
जिल्ला कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.९ का वडा अध्यक्ष राममिलन चौधरीले सरस्वती माता को मूर्ति स्थापना गरेका छन ।
चौधरी ले आफ्नो निजी लगानीमा आज बसन्त पंचमीको शुभ अवसरमा श्री आधारभूत विद्यालय जुमिलामा विद्या की देवी श्री सरस्वती माता को मूर्ति स्थापित गरेर पूजापाठ गरी सरस्वती माताको स्थापना वडा अध्यक्ष राममिलन चौधरीको छोरी कृष्णा चौधरी ले पूजा गरी स्थापना गरी भव्य तरिकाले पूजा पाठ समेत गरेका छन ।

मघ शुक्ल पञ्चमी का दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजन हरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्ने गर्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधना का वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वती लाई तान्त्रिकहरू ले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आज को दिन लाई ‘बसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ ।
यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
