पूर्व मंत्री मिश्रको गृह जिल्ला कपिलवस्तुमा स्वास्थ्य मंत्री त्रिपाठीको भव्य स्वागत

0
Quantam abroad studies

कृष्णनगर, फाल्गुन १०
स्वास्थ्य मंत्री माननीय हृदेश त्रिपाठी आज कपिलवस्तु जिल्लाको भ्रमणमा आउनु भएको थियो। मंत्री त्रिपाठी महाराजगंज नगरपालिका वडा नं ७ मा रहेको बर्थिङ सेन्टरको निरिक्षण गर्नु भयो सोही क्रममा उक्त बर्थिङ सेन्टरको स्तर उन्नतिका लागि महाराजगंज नगरपालिका का प्रमुख प्रशासकीय अधिकृतले अनुरोध गरे पछि मंत्री त्रिपाठी लाई दिएको र स्तर उन्नति गरिने मंत्री त्रिपाठीले बताउनुभयो साथै कृष्णनगर नगरपालिकामा वडा नं ६ मा रहेको हिन्दू हरूको आस्था समय माता मन्दिरमा दर्शन गर्नुभयो । कृष्णनगर नगरपालिकामा वडा नं ६ मा रहेको पूर्व मंत्री इश्वर दयाल मिश्रको घरमा समेत मंत्री त्रिपाठी लाइ भब्य स्वागत गरिएको थियो। उपरांत कपिलवस्तु जिल्लाको चन्द्रौटामा चेम्बर आफ कामर्स कपिलवस्तुले उहाँको भब्य स्वागत समेत एक कार्यक्रमका बिच गरेको थियो।

sahani furniture udyog

कपिलवस्तुमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले स्थानिय तहहरुले नाम संकलन गरी केन्द्रमा पठाउन अनुरोध गर्नु भयो । नेपालमा कोरोना नत घटेको नत हटेको बताउदै मन्त्री त्रिपाठीले विश्वका अन्य देशमा कोरोनाको तेस्रो लहर चल्दै गर्दा नेपालमा कोरोनाको महामारी केहि कम भएको र मृत्युदर पनि कमि रहेको बताउनु भयो ।

सिमित देशले सिमित खोप पाइरहेको अवस्थामा नेपालले सहजै खोप पाइरहेको उहाँले बताउनु भयो । कोरोनाको जोखिम भने अझै कायम नै रहि रहेकोले स्वास्थ मापदण्ड अझै अपनाइरहनु पर्नेमा उहाँले जोड दिनु भयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.