

कमलेश चन्द्र गुप्ता, १८ फाल्गुन, कपिलवस्तु ।
भारतको सिद्धार्थनगर र बलरामपुर जिल्ला सँग सीमाना जोडिएको कपिलवस्तुमा भारतीय माछाको तस्करीले नेपालका माछा पालकहरु घाटा ब्यहोर्नु पर्ने भएका छन ।

भारतबाट नेपालमा अबैध रूपमा माछाको तस्करी बढेपछि नेपालका माछा उत्पादनले बजारमा माछाको उचित बाजार नापाएको गुनासो गरेका छन । भारतमा माछा उत्पादनमा लागत कम हुनाले सस्तोमा अबैध तरिकाले नेपालमा आयात भएपछि हामीलाई प्रभाव परेको माछा उत्पादक इम्तेयाज अहमद खांले बताउनु भएको छ ।
भारतबाट अबैध रूपमा माछाको तस्करीले हाम्रो माछा समयमा बिक्री हुन सकेको र बजारमा समेत उचित बाजार नपाएको उनले बताए। खुला सिमानाले गर्दा भारतबाट अबैध रूपमा माछा आयात भएपछि म जस्तै अरु किसान पनि मार्कामा परेको खां ले एसएम न्यूज़ संग कुराकानी गर्दा बताउनु भएको हो ।
कृष्णनगर नगरपालिका वार्ड ३ चैपुरवामा आफ्नै जग्गामा इम्तेयाज अहमद खाँ ले बिगत १३ बर्ष देखी माछा पालन गर्दै आएका छन ।
