जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

0
Quantam abroad studies

उर्मिला यादव यात्री फागुन २६
हिसान नवलपरासीको आयोजनामा आज जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।हिसान नवलपरासीका अध्यक्ष सागर पाण्डे को अध्यक्षता तथा राष्टिय परीक्षा बोर्ड बुटवल कार्यालयका प्रमुख रमाकान्त तिवारीको प्रमुख आथित्यतामा ज्ञानज्योती एकडेमी माबि सुनवल १२ भुमहीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । ९ वटा बिद्यालयको सहभागिता रहेको कार्यक्रममा १७ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए। जसमा कुमुदिनी माबि बर्दघाट प्रथम,न्यु लाइफ स्कुल बर्दघाट द्धितिय, अन्नपुर्ण माबि अस्नैहा तृतीय स्थान हासिल गरेका छन । कार्यक्रममा बिजेता भएका बिद्यालयका बिद्यार्थीहरुलाइ शिल्ड र प्रमाण पत्र प्रदान गरीएको थियो ।

sahani furniture udyog

प्रतियोगितामा कार्यक्रमको औचित्यबारे ज्ञानज्योती एकडेमी माबि सुनवल १२ भुमहीका प्राचार्य भेषराज न्यौपानेले प्रकाश पार्नु भएको थियो भने दिब्यज्योति क्याम्पस चिसापानीका प्रध्यापक शेषकान्त पौडेलले निर्णायक भुमिका निर्वाह गर्नु भएको थियो । यस्तै गरी कार्यक्रम संचालन हिसान नवलपरासीका सचिव प्रेम बहादुर खडकाले गर्नु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.