
नविन यादव , सप्तरी
सेवानै धर्म हो भन्ने गरिन्छ र झन स्वास्थ्य सेवा तर्फ डाक्टरलाइ भगवान् को दोस्रो रूप मानिन्छ। यस्तै पहाडी जिल्ला भोजपुर को टेम्केमैयुङ्ग गाउँपलिका वाड नं ३ बस्ने वर्ष २८ को प्रबिन कुमार राई र उन्का छोराका लागि सप्तरीका डा. सरोज साह लाइ भगवान् को रुपमा भेटाएको बताएका छन् ।
भोजपुर जिल्लाको टेम्केमैयुङ्ग गाँउपलिका वडा नं ३ का प्रविन कुमार राई को १३ वर्षको छोराको सुनिल राइ को काठ काटने मेसिन ले बायाँ हातको बुढि औला एक महिना अगाडि काटिएको थियो । औला काटिए लगत्तै पिडित सुनिल लाइ उपचारको लागि जिल्ला अस्पताल भोजपुर पुर्याइएको थियो । उन्को अवस्था हेर्न बित्तिकै त्यहाँ उपस्तिथ डाक्टर ले त्यहाँ उपचार सम्भव नहुने देखे पछि धरानको घोपा होस्पिटल तिर रिफर गरेका थिए ।
फाल्गुन ४ गते पिडित सुनिल धरानको घोपा होस्पिटलमा एडमिट हुन पुगे र तत्काल चिकित्सक को टोलि ले पहिलो अप्रेसन गरे भने औला जोगाउन स्टिलको प्रयोग समेत गरियो । उनि चिकित्सक को निगरानीमा १० दिन जति त्यहाँ बसे । त्यसपछि चिकित्सक ले पीडित को घाउमा खासै सुधार नदेखिए पछि पुन दोस्रो अप्रेशन गर्नुपर्ने र अब औंला पुर्ण रुपमा काटनु पर्ने सल्लाह दिए र अप्रेसन गरि औंला काटियो । तर औंला काटिए पछि पनि घाउ निको भएन बरु झन घाउ बढदै गयो।अन्ततः चिकित्सक ले त्यहाँ अर्थो को बिज्ञ डाक्टर छैनन् र उन्को उपचार अब अर्थो बाट गर्नुपर्ने बताए। त्यसपछि पीडित को बुवालाइ चिकित्सक ले सप्तरी को छिन्नमस्ता होस्पिटलमा बरिष्ठ डा. सरोज साह संग उपचार गराउन सल्लाह दिए ।

चिकित्सक को सल्लाह पछि सुनिल का बुवा प्रबिन राई डा . सरोज साह संग छोरा को उपचार गर्न पाए छोरा चाडै निको हुने आशामा तराई को सप्तरी तिर होमिए । सप्तरीमा अर्थोको विज्ञ बरिष्ठ डा .सरोज साह लाइ भेट्न् बाबु छोरा सप्तरी को छिन्नमस्त अस्पताल पुगे र डा. साह को टोलि ले पीडित सुनिल को तेस्रो अप्रेशन गर्यो ।
अहिले पीडित सुनिल को अवस्थामा सुधार आएको बुवा प्रबिन बताउनु भयो । उहाँ ले डा .सरोज साह प्रति हार्दिक आभार प्रकट गर्दौ आफु पहाडी जिल्ला को विकट ठाँउ बाट तराई को सप्तरीमा आएर पाएको माया प्रेम ले निकै खुशी भएको बताएका छन् । उन्ले यहाँ जस्तै सेवासुबिधा पहिकै पाएको भए छोरो पहिलै निको हुने र लाखौं रुपैया बच्न सक्ने बताएका थिए । पीडित बाबु छोरा हाल अवस्थामा सुधार भै घाउ निको हुदै गएपछि तराई बासिको माया प्रेम र सदभाव सहित खुशी पुर्बक आफ्नो गृह जिल्ला भोजपुर पुगेका छन् ।
अझैपनि नेपालमा स्वास्थ्य क्षेत्र को अवस्था निकै कमजोर रहेको छ भने राइ बाबु छोरा जस्तै विकट गाउँमा बसोबास गर्ने आम नेपाली ले जानकारी को अभावमा भएको सेवा सुबिधाको समयमा लाभ उठाउन सकेका छैनन् र यताउता भौतारिन परेको छ । जे होस आज खुसी साथ बाबु छोरा आफ्नो घर फर्किएकोमा डाक्टर साह पनि निकै खुसी रहेको बताउछन् ।

