

फागुन १०, कपिलवस्तु ।
अनेरास्ववियू कपिलवस्तु संगठनको आफ्नै विधि, विधान र पद्धतीमा चलिरहेको अनेरास्ववियु माथि केही अराजक व्यक्तिको गिद्धे नजर लागेको पाईएको छ ।

संगठनको साधारण सदस्य समेत नरहेका, अन्य पार्टीको जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एमाले) लाई बदनाम गरेको पाइएको हो । अराजक व्यक्तिले अनेरास्ववियू कपिलवस्तुको नाममा व्यानर बनाई नारा, झण्डा र नामको दुरुपयोग गरी विद्यार्थीहरुका माझमा गलत प्रचार बाजी गरेको, संगठनको विरुद्धमा गतिविधि गरेको पाइएकोले हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ भनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अनेरास्ववियु कपिलवस्तुको झण्डा, ब्यानरको दुरुपयोग गरेर, नाम बेचेर कुनै पनि गतिविधि नगर्न सम्बन्धित व्यक्तिलाई चेतावनी समेत दिएको छं । अन्यथा हाम्रो संगठनको गरीमालाई उच्च राख्नका लागि संगठन जस्तो सुकै कदम चाल्न पछि नपर्ने र त्यसबाट हुने परिणाम स्वयमले व्यहोर्नुपर्ने सम्बन्धित अराजक शैलीका व्यक्तिलाई विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
