शुद्धोधन गाउपालिका गाउकार्यपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

प्रभुनाथ गुप्ता , ७ बैशाख , कपिलवस्तु ।
“शुद्धोधन गाउपालिकाको प्रतिबद्धता सम्पूर्ण बालबालिकाहरूमा खोप सुनिश्चितता , शुद्धोधनको पहिचान पूर्ण खोप हाम्रो अभियान ” शुद्धोधन गाउपालिका गाउकार्यपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गरिएको छ । सबै खोप लगाउने उमेरका बालबालिकाले समयमै खोप लगाएको र अब जन्मने बालबालिकाले पनि खोप पाउने निश्चित भएसँगै शुद्धोधन गाउपालिका गाउँ कार्यपालिका लबनी कपिलवस्तुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

शुद्धोधन गाउपालिका का बालबालिकाहरु समयमै खोप सम्पूर्ण खोप पाइसकेकोले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको साथै वडा नम्बर १ मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेको छ । यस गाउपालिका स्वास्थ्य शाखा का प्रमुख असफाक अहमद खाँले बताए ।

संघिय नेपालको लुम्बिनी प्रदेश अन्तरगतको ऐतिहासिक कुदान अरौराकोट,लुम्बिनी र तिलौराकोटको बिचमा उतरी सिमाना बाणगंगा न.पा., दक्षिणमा भारत पश्चिममा मायादेवी र पूर्वमा रुपन्देही लुम्बिनी सिमाना सटेको प्राकृतिक स्रोत र साधनको धनि भएको यस शुद्धोधन गाउपालिका शिक्षा, स्वास्थ्य, सरसफाई अन्य बिकासको क्षेत्रमा निकै फड्को मारेर अगाडि बढेको अवस्था रहेको छ । नेपाल सरकारको संविधान २०७२ को धारा ३५ को मर्मअनुसार जन समुदायले सबै आधारभूत सेवा निःशुल्क पाउनेछन् भन्ने अगिकृत गरेको अनुसार आम जनसमुदायले निःशुल्कमा सबै आधारभूत सेवा प्रदान गर्ने लक्ष्य अनुरुप निरन्तर अगाडि बढि युद्धस्तरमा काम भइरहेको छ ।

sahani furniture udyog

यस गाउपालिका अन्तरगत ६ वटा वडाहरुमा ६ स्वास्थ्य चौकी ,१ वटा सामुदायिक स्वास्थ्य इकाई गरि जम्मा ७ वटा स्वास्थ्य संस्था रहेको र सबै वडामा गरि ३० वटा खोप सेन्टर ८३ जना महिला स्वास्थ्य स्वयं सेविका रही सम्बन्धित स्वास्थ्य चौकीका जिम्मेवार खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी द्धारा खोप सेवा प्रदान गरिदै आएका छौं । कोभिड १९ को प्रकोपको कारणले खोप सेवा प्रदान गर्न सुरक्षा सावधानीका प्रक्रिया अपनाई सेवा अटुट रुपले प्रवाह गरिएको छ । लाइन लिष्टिङ्ग गर्दै ० देखि २३ महिनाको बच्चा तथा ५ वर्ष मुनिको सम्पूर्ण बालबालिकाहरु मध्ये शून्य डोजको कोही नरहेको र ५ वर्ष भित्रको बच्चा तथा बालबालिका हरुको तपसिल अनुसारको विवरण यस प्रकार छ ।

  • ० देखि १५ महिनाका हाल सेवा पाइरहेका कुल जम्मा बच्चा संख्या = १४९८ जना रहेका छन सबै जना सेवामा निरन्तर रहेको ।
  • १६ देखि २३ महिनाका हाल सेवा पाइरहेका कुल जम्मा बच्चा संख्या = ९५७ जना ।

त्यसैगरी यस कार्यक्रम का अध्यक्ष निसार अहमद खाँ शुद्धाेधन गाउपालिका अध्यक्ष , प्रमुख अतिथि नरातन प्रसाद खनाल , बिशिस्ट अतिथि कृष्णप्रसाद ज्ञवाली प्र.प्र.अ. , बिशिस्ट अतिथि ऋषिदेव अर्याल ले.अ. , बिशिस्ट अतिथि असफाक अहमद खाँ स्वास्थ्य संयोजक , बिशिस्ट अतिथि ईश्वरीप्रसाद न्यौपाने प्रशासन प्रमुख , बिशिस्ट अतिथि जियायुर रहमान खाँन लेखापाल , अतिथि मनोज कुमार यादव वडा नम्बर को वडा अध्यक्ष , अतिथि तिलक राम यादव वडा नम्बर १ को वडा अध्यक्ष , वडा सदस्य र यस गाउपालिका का स्वास्थ्यकर्मी लगायत उपस्थिति हुनुभएको थियोे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.