इत्तेहाद नेपालले मुस्लिम समुदायका चाड पर्वको विदा माग गर्दै प्रेस विज्ञप्ति जारी

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
कपिलवस्तुको कृष्णानगरमा इत्तेहाद नेपालले प्रेस विज्ञप्ति जारी गर्दै अल्पसंख्यक मुस्लिम समुदायका चाड पर्वमा विदा कटौती गरिएकोप्रति बिरोध जनाएको छ । नेपाल सरकारले हालमै राजपत्रमा गृहमंत्रालयको सूचनानुसार विक्रम संम्बत २०७८ बैशाख १ गते देखि चैत्र मसान्तसम्म देशभरीका विदाको सूचना प्रति घोर विरोध गर्दै नेपालमा रहेका अन्य अल्पसंख्यक समुायको चाड पर्वहरुमा सार्वजनिक विदा गर्ने र अल्पसंख्यक मुस्लिम समुदायका चाड पर्व हरुमा सार्वजनिक विदा कटौति गर्ने नेपाल सरकार ले अल्पसंख्यक मुस्लिम समुदायप्रति सौतेलो व्यवहार गरेको भनेर बिरोध जनाएको हो ।

संविधानमा पहिचानका प्रमुख क्लष्टरहरूमध्ये मुस्लिम पनि एउटा हो । नेपालमा मुस्लिमको राष्ट्रिय रूपमा एउटा पृथक पहिचान कायम भएको इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लाह खांले उल्लेख गदै भनेकि दशैं, दीपावली जस्तै ईद (ईदुल फित्र, ईदुल अज्हा र मोहम्मद डे स.अ) नेपालकै लाखौं मुस्लिम समुदायले मनाउने चाड हुन् । ईद, बक्रईदहरू नेपालको राष्ट्रिय चाड किन नहुने भन्ने गुनासो पोख्दै सरकारले पटक पटक विदा दिने बिषयमा भेदभाव गरि रहेको छ हामी अल्पसंख्यक समुदायको हक अधिकार खोसी रहेको छ सरकारले गरेको गलतीको विरोध गर्दा छू।२०७८ सालकों लागि सरकारले प्रकाशित गरेको विदा सुचीमा बहुसंख्यक समुदायको चाडपर्वमा थप विदा दिएको छ जुनकि थपेको विदाहरु कहिले पनि थिएन सरकारले अल्पसंख्यक समुदायलाई वेवास्ता गरि अगाडी बढ्न सक्दैन भन्दै मुस्लिम समुदायका अगुवाहरुले एक संयुक्त प्रेस व्यक्तब्य समेत जारी गरेका छन। प्रेस बक्तब्यमा नेपाल सरकार द्वारा प्रकाशित राजपत्रमा गृह मन्त्रालयको सुचना अनुसार विक्रम सम्वत् २०७८ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म देशभरिका बिदाको सूचनामा इस्लाम धर्मावलम्बीहरूको बिदालाई सार्वजनिक बिदामा समावेश नगरी खाश सम्बन्धित धर्म संस्कृति भौगोलिक क्षेत्र विशेषका लागि मात्र सार्वजनिक बिदा खण्ड ७० संख्या ४७ राजपत्र भाग ५ मा प्रकाशित भए अनुसार इस्लाम धर्म मान्ने मुस्लिम समुदायका अगुवाहरुद्वारा दुस्ख व्यक्त गर्दै यसलाई तत्काल सच्याई सार्वजनिक विदामा समावेश गर्न माग गरिएको छ।

sahani furniture udyog

इस्लाम धर्मावलम्बीहरूको ३ वटा विदा क) ईद (इदुल फित्र), ख) बकर ईद(इदुल अजहा), ग) मोहम्मद डे(स.अ.) का दिन समेत सार्वजनिक विदा दिन सरकारसँग जोड्दार माग गर्दछौं भन्ने कुरा उल्लेख गरेका छन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.