तलकाेटमा स्थानीय सचेतना गाेष्टी सम्पन्न

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
तलकाेट गाउँपालीकामा स्थानीय स्तरीय सचेतना गाेष्ठी सम्पन्न भएको छ ।

जिल्ला जनगणनाकार्यालयले अाज गाउँपालीकामा एक दिने सचेतना गाेष्ठी सञ्चालन गरेको हाे । जनगणना २०७८ लाई प्रभावकारी बनाउन स्थानीय स्तरमा गाेष्ठी सञ्चालन गर्दै अाउनुभएकाे छ ।

sahani furniture udyog

गाउँपालीकामा सञ्चालन भएको गाेष्ठी तलकाेट गाउँपालीका अध्यक्ष लालबहादुर बिष्टको अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि जिल्ला जनगणना कार्यालय बझाङका अधिकारी दिपेन्द्रसिह धामी रहनुभएकाे छ भने अतिथिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्वराज भण्डारी लगाएत सबै वडाका वडा अध्यक्षहरु विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि नागरिक समाज रहनुभएकाे थियाे ।

कार्यक्रममा स्थानीय जनगणना अधिकारी नन्दराज जाेशीले स्वागत मन्तव्य राख्नुभएको थियाे भने , जिल्ला जनगणना अधिकारी धामीले जनगणना सम्वन्धि कार्यपत्र प्रश्तुत गर्नुभएको हाे । कार्यक्रममा बाेल्दै धामीले भने वडा स्तर देखि गाउँपालीका स्तरमा सुचारु गरिएको कार्यक्रम निकै प्रभावकारी हुने दावी गरिएको छ ।

गाेष्ठीमा बाेल्दै गाउँपालीका अध्यक्ष बिष्टले भने सबै वडा अध्यक्ष देखि कर्मचारीहरुले नित्तान्त काममा लागेर सहयाेग गर्न अनुराेध गर्नुभएको थियाे भने, जनगणना जिल्लाका खरिदार दिपक बम्मले कार्यक्रम सञ्चालन गर्नुभएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.