सप्तरी टाइगर युवा ग्रुप समाज सेवाद्वारा मृतक बुधन सदाको परिवारलाई खाधान्न सहयोग

1
Quantam abroad studies

राजविराज, बैशाख २३: बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका सप्तरीका युवाले कुटपिटमा परी ज्यान गुमाएका एक मजदुरका परिवारलाई आज खाधान्न सामाग्री सहयोग गरेका छन् ।

sahani furniture udyog
मलेसियामा रहेका युवाले पठाएको १० हजार रुपैयाँबाट एक सय किलो चामल, पाँच किलो दाल, पाँच लिटर तेल, पाँच किलो प्याज, पाँच किलो नुन, १० किलो आलु, तीन किलो मुरही, एक किलो लसुन, एक किलो मसला, आधा किलो सुखा खोर्सानी र केही मास्क मृतकको घरमा पुगी उनको परिवारलाई हस्तान्तरण गरिएको हो ।
सप्तरी टाइगर युथ ग्रुप समाज सेवा टिम मलेशियाले पठाएको सहयोग इन्सेक प्रतिनिधी एवम पत्रकार मनोहरकुमार पोखरेल, पत्रकार नविन यादव, स्थानीय समाजसेवी डम्बर महतो, परमेश्वर मण्डलको उपस्थितीमा खाध सामाग्री हस्तान्तरण गरेको टिमका सहयोगी राजकुमार मण्डलले बताउनु भयो । 

कुटपिटबाट घाइते सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरका ४४ वर्षीय बुधन भनिने बुधु सदाको गत शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको थियो । 
मजदुरीका लागि बैशाख ९ गते भारत हरियाणाको जमुनानगर गएका सदालाई गत बिहीबार परिवारका सदस्यले सप्तरीको छिन्नमस्ता गाउँपालिका नजिक रहेको भारतको न्योरबाट घाइते अवस्थामा घर ल्याएका थिए । घाइते सदाले श्रमअनुसार पारिश्रमिक र खाना मागेकै कारण चार–पाँच जना मिलेर कुटपिट गरेको उनकी श्रीमति प्रमिलादेबी सदाले बताउनु भयो ।

उपचारका लागि शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराइएकोमा सोही राति मृत्यु भएको उहाँले बताउनु भयो ।
Kapilvastu Technical Institute
  1. Umesh sah says

    Good Job bro

Leave A Reply

Your email address will not be published.