नेपालको ४३ औं प्रधानमन्त्रीमा केपी शर्मा ओलि नियुक्त , शुक्रबार सपथ लिने

0
Quantam abroad studies

काठमाडौं , बैशाख ३०
केपी शर्मा ओलि पुनः प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई नेपालकाे ४३ अौ प्रधानमन्त्री नियुक्त गरेकी छन ।

संसदमा बिश्वासको मत प्राप्त गर्न विफल बनेका ओली तेस्रोपटक प्रधानमन्त्री बनेका छन् । यसपालि ओलि संविधानको धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्री बनेका हुन्। ओलीको प्रधानमन्त्री पदको शपथग्रहण कार्यक्रम शुक्रवार अपराह्ण रहेको छ ।

यसअघि प्रधानमन्त्री विरुद्ध संसदमा अबिश्वासको प्रस्ताव माथी भोट खस्दा बहुमत जुटाउन नसकेपछि संसदमा प्रधानमन्त्री ओलिले बिश्वास गुमाएपछि गत सोमवार संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी पार्टी मिलाएर बहुमत जुटाएर सरकार बन्नसक्ने व्यवस्था अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले दलहरूलाई आउन आह्वान गरेकी थिइन्।

sahani furniture udyog

उक्त आह्वानपछि प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले बहुमत जुटाउनका लागि माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी नेपालका सांसद्हरूसँग छलफल गरेपनि बिहीवार राति ९ बजेसम्मको समयमा कुनै दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरेकी हुन्।

उक्त धारामा ७६ (२) अनुसार नभए सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने उल्लेख छ भने प्रधानमन्त्रीले धारा ७६(४) अनुसार एकमहिनाभित्र बहुमत सिद्ध गर्नुपर्नेछ। त्यो सफल नभए उनले राजीनामा दिनुपर्ने ब्यवस्था रहेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.