बझाङ सार्वजनिक यातायातमा छड्के अनुगमन

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
जिल्लामा रहेका सार्वजनिक यातायातमा अनुगमन गरेको छ । बझाङ जिल्लामा रहेका सार्वजनिक यातायातमा अनुगमन गरिएको हाे। आज प्रमुख जिल्ला अधिकारी महन अधिकारी डिएसपी रुपक खड्का शस्त्र डिएसपी सहितको सयुक्त अनुगमन टाेली जिल्लाकाे सिमखेत ट्राफिक चेकपोस्टमा छड्के अनुगमन गरेकाे जिल्ला ट्राफिक कार्यालय प्रमुख चक्र बहादुर मल्ले बताए ।

काेभिड १९ काे समयमा सार्वजनिक यातायातले चाहेभन्दा बढी भाडा लिने गरेको जनगुनासाे अाएपछि एक्कासि प्रमुख जिल्ला अधिकारी सहितको टाेलीले छड्के अनुगमन गरेको थियाे । ट्राफिक कार्यालय सिमखेतमा धनगढी जाँदै गरेको बस छड्केमा परेपछि सिडियाे अाफै बस भित्र गएर यात्रुहरु र ड्राइभर विच कुराकानी गर्नुभएको हाे । सुदुरपश्चिम प्रदेशको धनगढी जाँदै गरेको बसमा ४० जना यात्रु बाेकेकाे बसले १३ सय भन्दा बढी भाडा लिएकाे भेटाए पछि तत्काल कार्वाही गरिएको र सबै यात्रुलाई ४०९ रुपैयाँ तुरुन्तै फिर्ता गराउदै गाडी धनगढी पठाएको डिएसपी रुपक खड्काले बताए ।

sahani furniture udyog

प्रमुख जिल्ला अधिकारीले भने, बझाङ जिल्ला भित्र र बाहिरी चल्ने सार्वजनिक यातायातमा भाडादर बढी लिएकाे भेटिएकोले सबै सचेत रहन अनुराेध गरिएको छ । यदी कसै बाट यस्तो काम हुन गएमा तुरुन्तै प्रहरी कार्यालय तथा अाफुलाइ जानकारी गराउन अनुराेध गर्नुभएको थियाे । त्यसै विच काठमाडौ जाँदै गरेको बस वागथलामा चेक गर्दा ३६ जना बाेकेकाे गाडीले ३५ सय भाडा लिएको चेकजाँच गरेपछि १२ सय घटाएर यात्रुलाई फिर्दा दिन लगाउनुभएकाे हाे ।

छड्के अनुगमनले यात्रुलाई सहज सहित महङ्गो भाडा तिर्न बाट बञ्चित भएको र कानुन रहेको महसुस भएको यात्रुको भनाइ छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.