
उत्तमकुमार थापा , बझाङ
जिल्लाकाे मष्टा गाउँपालीका वडा नम्बर ७ मा रहेका ७ वटा घर पहिराेकाे उच्च जाेखिममा परेका छन ।
मष्ट गाउँपालीका वडा नम्बर ७ मा रहेको लटाैन गाउँका सात घर पहिरोकाे उच्च जाेखीममा परेका छन । जिल्लाकाे मष्टा गाउँपालीका वडा नम्बर ७ अन्तरगत पर्ने लटाैन टाेल भारी बर्षाले गर्दा पहिलोकाे उच्च जाेखिममा परेकाे जनक बहादुर बाेहराले बताउनु भएको छ ।

हिजाे हस्ति बझाङमा अाएकाे अविरल बर्षाकाे कारण जमिन भिरालाे भएको हुदा माथि वाट पहिराे अाउदा २ वटा घरमा पहिराे पुगेकाे र ५ वटा घर उच्च जाेखिममा रहेकाे स्राेतकाे भनाइ छ ।
यसरी अाफु बस्ने घरनै पहिराेले लिने देखापरेपछि बस्तिमा रहेका ८० जना जति जनसंख्या त्यहाँ बाट बसाइँसराइ गरेर टाडा टाडा गएर सुरक्षित बसिरहेका छन । गरिव जनसमुदायका घरहरु पहिराेले बगाउने भए पछि स्थानीय तह प्रदेश सरकार र केन्द्रीय सरकारकाे ध्यानाकर्षण हुन जरुरी रहेकाे युवा नेता रमेश बाहेराले बताए ।


