
कपिलवस्तु : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुचना जारी गरि अफगानिस्तानकाे तत्कालीन स्थितिलाइ मध्यनजर गर्दै त्यहाँ रहेका नेपालीको विवरण माग गरेको छ । त्यस देशमा रहेका सम्पूर्ण नेपालीहरुकाे उद्वारकाे लागि विवरण उपलब्ध गराउन प्रशासनले सूचना जारि विवरण माग गरेको हो ।
पछिल्लो समय अफगानिस्तानमा बिगत लामो समय देखि बिद्रोह गर्दै शरिया कानुनको माग गरिरहेको कट्टरपन्थी तालिबानले सत्त कब्जा गरेको छ । तलिबानले सत्ता कब्जा गरेपछि त्यहाँबाट प्रतेक देशले अ-आफना नागरिक , कुटनितिक आयोगका सदस्य लगायत कर्माचार्यहरुलाइ उद्दार गरि आफ्नो देश ल्याएका छन् । यसैक्रममा नेपाल सरकारले पनि औपचारिक वा अनौपचारिक रुपमा अफगानिस्तानमा रहेका आफ्नो नागरिकलाइ उद्दार गरि नेपाल ल्याउने प्रक्रिया शुरु गरेको हुँदा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले समेत सूचना जारीगरि त्यहाँ रहेका नेपाली नागरिकको नाम , ठेगाना , राहदानीको विवरण उपलब्ध गराउन माग गरेको छ ।

यसैगरी हाल त्यहाँ अलपत्र परेका नेपाली नागरिकहरुकाे सकुशल उद्वार गर्नु पर्ने भएको हुदा कपिलवस्तु जिल्लाका नागरिकहरु काेहि भए सम्बन्धीत परिवारका सदस्यबाट नामथर, ठेगाना , राहदानी नम्बर , सम्पर्क नम्बर लगायत जिल्ला प्रशासन कार्यालय कपिलवस्तु वा सम्बन्धित स्थानीय तह वा नजिककाे सुरक्षा निकायमा उपलब्ध गराइदिनु हुन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ ।


