कृष्णनगर नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न: ५१ सदस्यीय कमिटी गठन

0
Quantam abroad studies

कपिलवस्तु / कृष्णनगर
जिल्लाको कृष्णनगर नगरपालिकामा जनमत पार्टीद्वारा नगर कमिटी गठन गरिएको छ । कृष्णनगरमा रहेको रामजानकी मन्दिरको हलमा बैठक बसि बिनोद कुमार ओझाको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनमत पार्टी कपिलवस्तुका जिल्ला अध्यक्ष राम लाल यादव रहेका थिए । विशिष्ट अतिथिमा पार्टीका जिल्ला कोषाध्यक्ष मो .हनीफ गद्दी र अतिथिमा जिल्ला सदस्य राम राज चौधरी रहेका थिए ।अध्यक्ष यादवले मन्तव्य दिदै कृष्णनगरमा भ्रष्टाचार हटाउन र बिकास गर्न आफुले साथ सहयोग दिने बतएका थिए ।

कृष्णनगर नगरकमिटी गठन गर्दा अध्यक्ष पदमा बिनोद कुमार ओझा ,उपाध्यक्ष पदमा राम बृक्ष चौधरी, महिला उपाध्यक्ष पदमा समुन्द्र देवी लोहर ,कोषाध्यक्ष पदमा नसिर खाँ,सचीव पदमा बिस्णु प्रसाद मोर्या,सहसचीव पदमा हरिस कुमार चौधरी, महिला सदस्य सन्जु देवी केवट , सदस्य संजय बिस्वकर्मा लगायत सहित ५१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।

sahani furniture udyog

नगर अधिबेशन कार्यक्रममा मनोज माली, हाजी नसिर खा , हकिकुल्लाह, राम चन्दर यादव , शिव प्रसाद चौहान, शक्ति देवी चौहान लगायत कृष्णनगर न.पा .को १ देखी १२ वार्ड सम्माका सयौंको संख्यामा अगुवा कर्याकर्ताहरुको उपस्थिति रहेको थियो !

जनमत पार्टीद्वारा कृष्णनगर नगरपालिकाको मेयर पदको प्रत्यसी र युवा नेता मनोज कुमार ओझाले पनि आफ्नो मन्तव्य दिदै यहा समाजलाई राम्रो बनाउने , बिकाश गर्ने र यहाँबाट भ्रष्टाचारी हटाउने बताएका थिए । सो कार्यक्रम बिनोद कुमार ओझाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.