बझाङका सुपरिवेक्षकलाई २ दिने पुनर्ताजगी तालिमकाे आज समापन हुने

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
सुदुरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बझाङका सुपरिवेक्षकलाई दिईएकाे २ दिने तालिम समापन हुँदै छ ।

पछिल्लो समय काेभिड १९ ले देश व्यापीरुपमा असर पारेकाे भन्दै जनगणना सम्वन्धि केही समय अगाडि तालिम लिएका तर लामाे समय वितिसकेकाे भन्दै जनगणना कार्यालय बझाङले पुनर्ताजगी तालिम सञ्चालन गरेकाे तालिमकाे अाज समापन हुने भएको हाे ।

sahani furniture udyog

जिल्लामा रहेका १२ वटा स्थानीय तहका ७४ जना सुपरिवेक्षकलाई ०७८/५/२७ गते देखि सञ्चालन गरेकाे तालिमकाे अाज वेलुकी ५ वजे समापन हुने जिल्ला जनगणना प्रमुख दिपेन्द्रसिँह धामीले बताउनु भयाे । उहाँले भन्नू भयाे, काेरनाले गर्दा जिल्लाकाे फरक फरक ठाउँमा तालिम सञ्चालन गरेका छाै , जसमा बुङ्गल नगरपालिका र वित्थडचिरकाे त्रिवेणी बहुमुखी क्याम्पस विजगडा, केदारस्यू थलारा दुर्गाथली गाउँपालीकाकाे भैरव मावि झाेता ,जयपृथ्वी नगरपालिका छविस खप्तड सुर्मा मष्टा गाउँपालीकाकाे सत्यवादी मा वि भाेपुर तलकाेट गाउँपालीका र साईपाल गाउँपालीकाकाे तलकाेट गाउँपालीकाकाे भवनमा सञ्चालन गरिएको हाे ।

जिल्लाका १२ बटै स्थानीय तहमा खटाईने सुपरिवेक्षकलाई अब केही समय पछि फिल्डमा खटाईने भएको छ । आज भाेपुरमा प्रदेश स्तरिय मुख्य प्रशिक्षक कुम्भराज जाेशीले अत्याधुनिक प्रविधि बाट प्राेर्जेक्टरद्वार सिकाउनु भएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.