
कपिलवस्तु / असोज ९
ने.क.पा. माओबादि केन्द्रको संगठन बिस्तार र शुद्धीकरण अभियान क्रममा आज कपिलवस्तु नगरपालिका वर्ड न ३ मा नयाँ कार्य समिती गठन गरिएको छ ।
कपिलवस्तु नगरपालिका वडा न ३ को जमोहरा गाउँको स्कुलमा भेला भइ संगठनको बिस्तार गर्दै शुद्धीकरण कार्यक्रम सम्पन्न गरिएको छ । सय बढी नेताकार्यकर्ता भेला भइ नयाँ कमिटी गठन गरिएको थियो । नव गठित वडा कमिटी गणेश कुमार श्रीवास्तवको अध्यक्षतामा गठन गरिएको छ भने वडा कमिटिको सचिवमा राम चरन मुराउ रहेका छन्। उक्त नयाँ कमिटी २९ सदस्यीय रहेको छ ।

यसैगरी कार्यक्रममा प्रमुख अतिथि शत्रुघन चौधरीले माओवादी परिवर्तनकारी शक्ति भएको र शोषित पीडितको आवाज भएको बताएका थिए । यस्का साथै विशिष्ट अतिथि घनश्याम पाठकले आज सामन्ती जमिनदारी प्रथाको शोषणबाट गरिब ,दलितलाइ मुक्ति दिलाउने र निरंकुश राजतन्त्र र तिनका दलालको अगाडी बोल्न सक्ने बाताबरण बनाउन नेकपा माओवादीले ठुलो योगदान दिएको पार्टी भएको बताएका थिए ।
सो कार्यक्रममा अतिथिहरुमा पीताम्बर ठाकुर , पलटु पासी , धर्मेंद्र साहनी, सोमनाथ चौधरी, दुर्गेश सहानी, वसिष्ठ चौधरी, अनारुल्ला खानको उपस्थिति रहेको थियो भने कार्यक्रममा कम्तीमा सय बढी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

