महाराजगन्जमा राष्ट्रिय युवा संघ नेपालकाे नगर स्तरीय बृहत भेला तथा अधिवेशन सम्पन्न , अध्यक्षमा द्विवेदी

0
Quantam abroad studies

धनी राम काेरी / कपिलवस्तु
जिल्लाकाे महाराजगन्ज नगरपालिका भित्र नेकपा एमाले काे भातृ संगठन राष्ट्रिय युवा संघ नेपालकाे नगर स्तरीय बृहत युवा भेला तथा अधिबेशन कार्यक्रम सम्पन्न भएको छ ।

“न्याय प्रेमि युवाहरु राष्ट्रिय युवा संघमा , सामाजिक परिवर्तन युवाकाे काँधमा ” भन्ने मुल नाराका साथ उक्त अधिवेशन कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय उपाध्यक्ष र लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले कार्यक्रममा बाेल्दै हाम्रो राष्ट्रमा ठुलाे परिवर्तन अाएकाे छ भने त्यसमा युवाहरुकाे बढी भुमिका रहेको पाइन्छ । युवाहरु भविष्य कर्ण धार हुन , पछि जिल्ला मात्र नभइ पूरा राष्ट्र चलाउने जिम्मेवारी युवाहरु काे नै हाे । महाराजगन्ज मात्र नभइ पूरा नेपाल अधिराज्य मा राष्ट्रिय युवा संघ नेपाल मा धेरै युवा हरु प्रवेश गरिरहेका छन् । राष्ट्रिय युवा संघ नेपाल मा युवाहरु भविष्य राम्रो रहेको छ ।

विशिष्ट अतिथि प्रदेश सभा सदस्य अर्जुन के.सी ले भन्नू भयो कि नेकपा एमाले पार्टीलाई सरकार बाट बहिरा निकाल्न काे लागि दलहरु गठबन्धन गरेर मात्र सफल भएका छन तर एमाले पार्टी सरकार मा हुदा धेरै राम्रो काम गरेकाे छ । ठुला ठुला कार्यक्रमहरु नेकपा एमाले पार्टी सरकार मा हुदा धेरै काम गरेको छ । महाराजगन्ज नगरपालिका भन्दा बढी शिवराज नगरपालिका , विजयनगर गाउपालिका मा विकास भएको पाइन्छ ।

त्यसैगरि विशिष्ट अतिथि प्रदेश सभा सदस्य विष्णु पन्थी ले नेकपा एमाले पार्टी मधेसकाे पार्टी हाे , मधेस र मधेसीको रुपमा स्थापित भएको पार्टी हाे । दलित र मुस्लिमहरुकाे लागि जनता अवास कार्यक्रम , दलित अनि मुस्लिमहरुकाे लागि प्रदेश सरकारले जनता अवास कार्यक्रम संचालन गरेको छ । सिमानाका संग जाेडिएका विद्यालयहरु काे लागि छुट्टै कार्यक्रम पनि संचालन गरेको छ । सर्वसाधारण मान्छेहरुकाे दुख र पीडालाई बुझ्ने पार्टी भने नेकपा एमाले नै हाे ।

sahani furniture udyog

महाराजगन्ज नगरपालिकाकाे नगर कमिटी अध्यक्ष निजामुद्दिन खानकाे अध्यक्षता अनि राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय उपाध्यक्ष र लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीकाे प्रमुख अतिथितामा राष्ट्रिय युवा संघ नेपाल महाराजगन्ज नगर कमिटी काे अध्यक्ष दिपक द्विवेदी , उपाध्यक्ष अतहर हुसेन , सचिव अभिषेक मणि यादव , सह- सचिव बृजेश यादव , काेषाध्यक्ष रामानन्द कुर्मी लगायत ३६ सदस्यहरु नगर कमिटी मा रहेका छन् ।

राष्ट्रिय युवा संघ नेपालकाे बृहत् युवा भेला तथा अधिवेशन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी का जिल्ला अध्यक्ष झविलाल पाेख्रेल , जिल्ला उपाध्यक्ष बाबुरा खनाल , राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय स्थायी कमिटी सदस्य गाेपाल ज्ञवाली , राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अजय राैनियार , युवा संघ का केन्द्रीय सदस्य सुरज खरेल लगायत अन्य व्यक्तिहरु कार्यक्रम मन्तव्य राखेका थिए ।

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु काे अायाेजना मा राष्ट्रिय युवा संघ नेपाल काे महाराजगन्ज नगर कमिटि काे अधिवेशन महाराजगन्ज नगरपालिका वडा न ं 1 काे मदरसा मा भएको हाे ।

कार्यक्रम संचालन महाराजगन्ज नगर कमिटी का सचिव शिव प्रसाद गैरे ले गर्नु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.