प्रदेश योजना आयोग द्वारा कपिलवस्तुको अजिगरा- करमा ताल निरीक्षण

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता / कपिलवस्तु
कपिलवस्तुको अजिगरा- करमा तालको प्रदेश योजना आयोग द्वारा निरीक्षण गरिएको छ।

जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं. ६ र ७ मा पर्ने अजिगरा – करमा तालको योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री सहितको टोलीले बुधवार निरीक्षण गरिएको हो। तालको बारेमा अनुसंधान गरी यसको संरक्षणका लागि प्रदेश सरकारबाट पहल गर्ने योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताउनु भएको छ। निरीक्षणको क्रममा योजना आयोग का सदस्य शिव पूजन यादवले ताललाई पर्यटन स्थलकाे रुपमा बिकास गर्ने बताउनुभयो।

sahani furniture udyog

तालको संरक्षण नभएकोले जर्जर बनेको जसपाका बरिष्ट नेता रामबरन यादवले बताउनुभयो। नेपालका अन्य तालमा नपाईने जंगली धान(तिन्नी) काे प्रकृतिक उपज स्थलका साथै विभिन्न विदेशी चराहरुकाे प्रजन्न स्थल भएकोले यसको संरक्षण गर्नु अति आवश्यक देखिएको नेता यादवले बताए ।

सो ताल करीब २५ बिगहा क्षेत्रफल रहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.