जैद बिन सावित मदरसामा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण

0
Quantam abroad studies

कपिलवस्तु / असोज २१
जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जैद बिन सावित मदरसामा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थी हरूलाई वितरण गरिएको छ ।

नाजिम समिम अहमद खां को अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी
अतिथिहरूमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य जाहिर आजाद, मौलाना असलम मदनी, झण्डानगरी रहनुभयो ।

sahani furniture udyog

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष ले मदरसाको सवालमा मदरसा बोर्ड गम्भीर रहेको बताउदै शैक्षिक सामाग्री ले विद्यार्थीको शैक्षिक विकासमा मद्त गर्ने बताए । कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी शैक्षिक सामाग्री प्रदान गरेको युनिसेफ लाई धन्यवाद दिदै विद्यार्थी हरू पढाईका साथ सथै व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै नाजिम समिम अहमद खां ले विद्यार्थीको शैक्षिक विकासमा आफूहरूबाट हुने सहयोग रहने बताउदै शैक्षिक सामाग्री विद्यार्थीका लागि आवस्यक रहेको बताए । जैद बिन सावित मदरसा का प्रधानाध्यापक तारिक रियाज, डा. सहिद अहमदअसरी, अब्दुल नूर सिराजी, मौलाना फज्लेहक मदनी, इरफान नौमानी,अब्दुल हसिफ, मौलाना अब्दुल रसिद मदनी लगायतको कार्यक्रममा उपस्थित रहेको थियोl

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.