आजबाट बडा दशैं सुरु, कलशमा जलभर्ना रामघाटमा श्रद्धालुको घुइँचो

0
Quantam abroad studies

शत्रुघन खरविन्द , कपिलवस्तु
आजबाट बडादशैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा पनि लिने गरिएको छ ।

घटस्थापनाको दिन आज पूजा कोठा, दशैंघर अथवा कोतमा दीयो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन पनि रहेको छ । घटस्थापनाको दिन पूजा कोठामा कलश अथवा घडामा जलभरी माथिपट्टि आँप पात वा वर पीपलको पात राखेर कलश वरिपरि गाईको गोबर टाँसेर त्यही जौ उमार्ने चलन रहेको छ । पूजा कोठामा कलश स्थापना गर्नको लागि बिहानै उठेर नुहाई धुवाई गरी चोखो भएर नदी, खोला, ताला ,तालाया वा आफूलाई पायक पर्ने ठाउँमा गएर चोखो बालुवा वा माटोमा ल्याएर दशाहरघरमा राख्ने गर्छन । पूजा कोठामा कलश स्थापना गर्नको लागि बिहानै उठेर नुहाई धुवाई गरी चोखो भएर कपिलवस्तु जिल्लाको बाणागांग नदीको धर्मिकस्थाल रामघाट लागएत विभिन्न ठाउँमा जलभर्ना ,चोखो बालुवा वा माटो ल्याउनको लागि सद्वलुभक्तजनाको भिड लागेको छ ।

sahani furniture udyog

बडादशैं मा नवदुर्गा भवानीको १० दिनसम्म पूजा गर्ने गरिन्छ ।प्रारमप्रा अनुसार जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिने गरीन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख रहेको पाइन्छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने पनि गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिशेकको रुपाम लिने चलन छ ।

यसरी लिइएको जलबाट आयु बढ्ने र राम्रो स्वास्थ्य हुने धार्मीक विश्वास रहेको छ । विगतमा कोभिड-१९ ले गर्दा बडा दशैमा तेत्ती उल्लस थिएन तर केही घटेकोले दशैमा हर्षउल्लस देखिएको छ

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.