महामारी नियन्त्रण गर्न स्थानीय ब्यपारिद्वारा औसधि सहयोग

0
Quantam abroad studies

कृष्णानगर/कपिलवस्तु
कृष्णानगरमा फैलिएको झाड़ा पखला महामारी लाई नियन्त्रण गर्नामा औषधीको अपुग नहोस भन्दै सोना प्रापर्टीज प्रा.लि.का संचालक इस्लाम खानले शिवराज अस्पताल‌लाई औषधी तथा खानेपानी सहयोग गरेका छन।

खानले आज विहाना‌ शिवराज अस्पतालमा पुंगी शिवराज अस्पतालका डाक्टर मुकेश चौधरी औषधी तथा खानेपानी हस्तांतरण गरेका छन। अवस्यक परेको ठाउँमा अ आफ्नो स्तरबाट सहयोग गरि यस जटिल समस्याको अन्त गर्ने तिर लाग्नु पर्ने सोना प्रापर्टीज प्रा.लिका प्रोप्राइटर इसलाम खांनले आग्रह गरेका छन। यसैगरी आउने दिनमा अवस्यक पर्यो भने थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन। खानले 500 pcs -RL , 2000 pcs-jeewan jal , 250 pcs-NS , 75 PCs-metro injection , 75 PCs- cipro injection , 360 PCs- water bottle लगायत समाग्री शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीलाई हस्तान्तरण गरेका थिए ।

उक्त समाग्री हस्तान्तरणको क्रममा कृष्णानगर नपा ८ का अध्यक्ष वनुर मोहम्मद, युवा नेता तुफेल आलम, औषधी व्यवसायी नसरुल्ला खां, नगरपालिका कर्मचारी साकिर आलम लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.