मोतिपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन, दोषीलाई कारवाही गर्न माग

0
Quantam abroad studies

काठमाडौं, असोज २८
नेपाल बार एशोसिएसन मानव अधिकार तथा जनसरोकार समितिले रुपन्देहीको मोतिपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको निष्कर्ष निकालेको छ ।

समितिका संयोजक अधिवक्ता सुनीलकुमार पोखरेलले विज्ञप्ति जारी गरेर २४ असोजमा मोतिपुरमा जग्गा सम्बन्धी विवादको कममा सशस्त्र प्रहरीको गोली लागि ४ जना स्थानीयको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

समितिले नेपालको संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी कानुनहरुसमेतले व्यक्तिको बाँच्न पाउने अधिकारको सुनिश्चितता गरेको परिप्रेक्ष्यमा कुनै पनि बहानामा सुरक्षाकर्मीको गोली लागि नागरिकको मृत्यु हुनु मानव अधिकारको गम्भीर उल्लंघन भएको ठहर गरेको छ ।

sahani furniture udyog

समितिले मोतिपुर घटनाको यथार्थ सत्यतथ्य पत्ता लगाई सोको प्रतिवेदन सार्वजनिक गर्न तथा उक्त घटनाका दोषीहरुलाई कानुनको दायरामा ल्याई कारवाहीसमेत गर्न सरकारसँग माग गरेको छ ।

‘भविष्यमा यस किसिमका घटनाहरु नदोहोरिने सुनिश्चितताका लागि राज्यकातर्फबाट थप संयमता अपनाई भीड नियन्त्रणमा कमभन्दा कम मात्र बलको प्रयोग गरि मानवअधिकारको संरक्षण र प्रवर्द्धन गर्न, मोतिपुर घटनाका मृतकहरुका परिवारलाई मनासिव क्षतिपूर्ति दिन तथा घटनाका घाइतेहरुको उपचार गर्नसमेत यो समिति सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.