कृष्णनगरमा चाडै निष्पक्ष पारदर्शी तथा प्रभावकारी राहत बितरण गर्न सर्बदलियको माग ।

0
Quantam abroad studies

 महेन्द्र कुमार धोबी , / चैत २८
 कपिलवस्तु – जिल्लाको कृष्णनगर नगरपालिकामा सक्रिय राजनैतिक दलका प्रतिनिधिहरुले एक संयुक्त रूपमा प्रेस बिज्ञाप्ती  जारी गर्दै राहत वितरण प्रभावकारी तथा निष्पक्ष बनाउन  माग गरेका छन् । उनीहरुले राजनैतिक दलका एक एक जना प्रतिनिधि समावेश गराई संकलित तथ्याङ्क छानबिन गरी कार्यविधी अनुसार सर्वसम्मतिबाट नाम संकलन गरी राहत वितरणको व्यवस्था मिलाउन माग गरेका हुन् ।
कोरोना भाईरस महामारी विश्व भर फैलिएको र नेपालमा समेत प्रतिकूल प्रभाव पारि रहेको अवस्थामा सरकारले घोषणा गरेकोअवधिमा गरीब असहाय तथा श्रमिक वर्गलाई समस्या नहोस भनेर राहत वितरण सम्बन्धी कार्यविधि जारी गर्दै स्थानीय निकायले तत्काल राहत समाग्री उपलब्ध गराउनु पर्ने निर्देशन भए त पनि कृष्णनगर नगरपालिकामा लकडाउनको अवधि दुई साता बिति सक्दा पनि राहत वितरणमा सक्रिय नभएको प्रति राजनैतिक दलका प्रतिनिधिहरुले नगरपालिकालाई ध्यानाकर्षण गराउन खोजेका देखिन्छ । संकटको यस अवस्था मा जनताप्रति राजनैतिक दलको पनि जिम्मेवारी रहेको कुरा बोध गराउदै कृष्णनगर नगरपालिकालाई वास्तविक पीडित लाई राहत वितरणमा सहयोग र समन्वय गर्न तत्पर रहेको कुरा समेत उनीहरुले प्रेस बिज्ञाप्तीमा उल्लेख गरेका छन् । बक्तब्यमा सत्ताधारी, बिपक्षी दलहरुका प्रतिनिधिहरु हस्ताक्षर छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.