आज ११ जनालाई क्वारेन्टाईनबाट विदाई

0
Quantam abroad studies

चैत्र – २८
कपिलवस्तु – जिल्लाको  मायादेवी  गाउँपालिका – ३ बड्की खैराटीको ने.रा.प्रा.वि मा बनाएको क्वारेन्टाईनबाट आज ९ जनालाई मास्क, साबुन, र टावेल दिएर विदाई गरिएको छ। यि ९ जना व्यक्तिहरुको स्वास्थ्यमा कुनै पनि समस्या नभएको  कारणले १४ दिन पछि क्वारेन्टाईनबाट घर पठाईएको कुरा स्वास्थ्य शाखा प्रमुख डा.महेन्द्र प्रसाद यादवले बताउनु भयो। सबै साथीहरुलाई खानपिन र बसाईको क्रममा कुनै पनि समस्या नभएको पनि डाक्टरले जानकारी गराउनु भएको छ। समाजबादीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले सबै साथीहरु सइयमताका साथ सौहार्दपूर्ण वातावरण बनाएर यतिका दिनसम्मा क्वारेनटाईनमा बसिदिएकोमा धन्यवाद व्यक्त गर्नु भएको छ। साथै स्वास्थ्यकर्मी, सुरक्षा कर्मी ,स्थानिय निकायका सहयोगकर्मीहरुको उपस्थीतिमा ९ जनालाई क्वारेनटाईनबाट विदाई गरिएको छ

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.