विजयनगर व्यापार संघले कालो बजारी गर्नेलाई कडा कारवाही गर्ने निर्णय

0
Quantam abroad studies

राम प्रघट कोरी / चैत्र २८
कपिलवस्तु – कपिलवस्तुको विजयनगर व्यापार संघले कालो बजारी गर्नेलाई कडा कारवाही गर्ने निर्णय गरेको छ । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लगाएको लकडाउनको मौका छोपी कालो बजारी गर्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याउने विजयनगर व्यापार संघका अध्यक्ष गोकर्ण प्रसाद सापकोटाले बताउनुभयो ।

यस संकटको परिस्थितिमा सम्पूर्ण व्यापारीहरुलाई अत्यावश्यक खाद्यावस्तु उचित मुल्यमा उपलब्ध गराउन अनुरोध गर्नुभयो । उहाँले आज बसेको बैठकले अनिवार्र्य रुपमा मुल्य सूची राख्नुपर्ने बताउनुभयो । अत्यावश्यक खाद्यवस्तुको सहज आपूर्तिका लागि व्यापार संघले सिफारिस दिने सापकोटाले बताउनुभयो ।

sahani furniture udyog

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी मधु नेपाल, सशस्त्र प्रहरी बल डालपुरका प्रमुख अनिरुद्र हाजरा, व्यापार संघमा आबद्ध व्यापारीहरु अन्य व्यापारीहरु लगायतको उपस्थितिमा सहमति भएको विजयनगर व्यापार संघले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.