सामुदायिक रेडियो समानता को १० बर्ष पूरा

0
Quantam abroad studies

कपिलवस्तुु ,वैशाख १
सामुदायिक रेडियो समानता आज वैशाख १ गते देखि १० औ वर्ष पुरा गरि ११ औ वर्षमा प्रवेश गरेको छ । २०६६ साल वैशाख १ गते आजको दिन कपिलवस्तुको चन्द्रौटावाट संचालनमा आएको रेडियोले आज १० औ वर्ष पुरा गरेको हो ।
कपिलवस्तुको पश्चिीमी क्षेत्रवाट पहिलो रेडियोको रुपमा स्थापना भएको सामुदायिक रेडियो समानताले समाज रुपान्तरणको लागी दश वर्षे लामो सर्घष गरेको रेडियोको विश्वास रहेको छ ।

१० वर्षको अवधी नेपालको राजनैतिक , सामाजीक एवंम आर्थिक विकासको लागी रेडियोले निरन्तर काम गरिरहेको छ ।११ वर्ष प्रवेशको सुभअवसरमा सामुदायिक रेडियो समानताका अध्यक्ष राजु खरालले रेडियोलाई यहांसम्म ल्याउन सहयोग तथा भुमीका खेल्ने सम्पुर्णलाई धन्यावाद दिनुभएको छ । खरालले दश वर्षे अवधीमा रेडियोका श्रोता , विज्ञापन दाता लगानी कर्ता सुभचिन्तक नयां तथा पुराना कर्मचारी सवै प्रति सम्मान व्यत गर्नुभएको छ ।

रेडियोले कपिलवस्तु लगाएत छिमेकी जिल्लाहरुको समुदाय स्तरमा रहेर काम गरिरहेको रेडियोका स्टेशन म्यानेजर कृष्ण गैरेको भनाई रहेको छ ।

रेडियो एकदशक यात्रालाई सफल वनाउन , २०६६ साल देखि अहिले सम्म विभिन्न कार्यकालका संचालक समीती , व्यवस्थापक , लगानी कर्ता र विज्ञापन दाता श्रोता र सुभचिन्तकको ठुलो विश्वास र साथ रहेको वताउनुभएको हो । आगामी दिनमा पनि रेडियोको प्रसारणलाई जनअपक्षीत र प्रभावकारी ढगंले संचालन गर्ने विश्वास व्यत गर्नुभएको छ ।

सामुदायिक रेडियो समानता कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रको पहिलो रेडियोको रुपमा स्थापना भएको हो ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.