कृष्णनगर न.पा.ले राहत बितरण गरेको हल्ला मात्रै , अहिलेसम्म कसैको घरमा राहत पुगेको छैन

0
Quantam abroad studies
sahani furniture udyog

कृष्णनगर / १ बैशाख
तीब्र गतिमा फैलिरहेको कोरोना महामारीको  कारण  नेपालमा  लकडाउन हुँदा दैनिक ज्यालादारी गरि जीवन निर्बाह गर्ने अतिबिपन्न परिवारलाई भोकै बस्नुपर्ने अवस्था आउन नदिन सरकारले स्थानीय तहलाई राहत बाड्न निर्देशन दिएको छ । सोही अनुसार कृष्णनगर नगरपालिकाले पनि  प्रक्रिया पुर्याएर  ७२ लाख रुपैयाँ  राहत समाग्री  खरीद गरेको छ भने गएको चैत  २७ गते देखि  नै  मेयर रजत प्रताप शाहले गरीबको घरघरमा पुगी राहत वितरण  गर्दै भन्ने समाचार  आएपछि बिपन्न  परिवारहरुले चाडैं नै राहत पाउने  आस गरेका थिए तर  खरीद गरिएको राहत समाग्री चैत ३० गते अनुगमन  गर्दा  केही गुणस्तरहीन भेटिएको हुँदा तत्काल  कहिँ कसैलाई  राहत वितरण नगरिएको नगर प्रमुख शाहले बताउनुभएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.