
अजीत सिंह चौहान , २ बैशाख
कपिलवस्तु – जनमत पार्टी का संयोजक सी के राउत को आह्वानमा मधेशका विभिन्न जिल्ला जस्तै कपिलवस्तुमा पनि उनका कार्यकर्ता तथा समर्थक हरु ‘ एकता नाद ‘ कार्यक्रम मनाएका छन् ।वैशाख २ गते विहान ७ बजे ७ मिनेटसम्म ताली, थाली, शंख, घंटी, सिटी, ढ़ोल, मादल वा आफूसँग जे छ, त्यो बजाएर ‘एकता नाद’ मनाएका छन् ।
बिश्वब्यापी रूपमा फैलिएको कोरोना महामारी ‘कोविड-१९’ विरुद्ध अग्रपंक्तिमा संघर्षरत रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, र समाजसेवीहरुको मनोबल बढाउन यो कार्यक्रम गरिएको बताइएको छ ।यो कार्यक्रम समापनमा सेवामा खटिएका सबैलाई धन्यवाद ज्ञापन गरिएको जिल्ला संयोजक योगेन्द्र चौधरीले बताएका छन् ।
