उद्योग बाणिज्य संघले दियो; १ लाख १ हजार

0
Quantam abroad studies
sahani furniture udyog

 सुबिन बिश्वकर्मा/ बराहक्षेत्र
बिश्वब्यापी फैलिरहेको कोभिड १९ बाट जगतै संकटकाल बाट गुज्रिरहेको छ। कोरोना भाइरसबाट संक्रमितको संख्या दिनानुदिन बढ्दो रुपमा देखिन्छ भने यसबाट मृत्यु हुनेहरु लाखौको संख्यामा छन र निको हुने पनि त्यतिकै।

नेपालको सन्दर्भमा हालसम्म १६ जना कोरोना संक्रमित फेला परिसकेको अबस्था छ। र, यसबाट हुन सक्ने थप जोखिमबाट बच्न हाल बिश्वका धेरै देशहरुलाई लगाएत नेपाललाई पनि गत चैत ११ देखी पुर्ण रुपमा लक डाउन गरिएको छ।

 लक डाउनले एकातिर कोरोना भाइरसको जोखिमलाई कम गरेको छ भने अर्कोतिर गरिब तथा बिपन्न बर्गहरु यसको मारमा परेको देखिन्छ। लक डाउनको यस कठिन अबस्थामा बिहान बेलुका हातमुख जोड्न धौधौ परिरहेका दैनिक ज्यालादारी, गरिब तथा बिपन्न परिवारलाई लक्षित गरेर बराहक्षेत्र नगरपालिकाले प्रकोप राहत ब्यबस्थापन कोषको स्थापना गरेको छ। जसमा अहिलेसम्म ४३ लाख भन्दा बढी रकम संकलन भैसकेको बुझिएको छ।

 कोषमा सहयोगी दाताहरुको संख्या उल्लेखनीय रहिरहेको बेला उद्योग बाणिज्य संघ बराहक्षेत्रले प्रकोप राहत कोषमा १ लाख १ हजार १ सय ११ सहयोग गरेको छ। उधोग बाणिज्य संघका विभिन्न पदाधिकारीहरुको उपस्थितिमा सहयोग गरिएको हो।

मंगलबार उधोग बाणिज्य संघ बराहक्षेत्रका अध्यक्ष सुरेन्द्र प्रसाद गुप्ताले उक्त रकमको नगद नगर प्रमुख निलम खनाललाई हस्तान्तरण गरेको अध्यक्ष गुप्ताले बताउनुभयो।

साथै उहाले लक्षित बर्गलाई राहत बितरण गर्नुपर्नेमा सुझाव समेत दिनु भएको थियो।

Leave A Reply

Your email address will not be published.