कृष्ण कुमार यादव कपिलवस्तु , २ वैशाख कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा ६ भलवारी का वडा अध्यक्ष चाैधरी काे अध्यक्षता मा सर्वदलीय बैठक सम्पन्न भएको छ ।
राहत वितरण गर्न काे लागि वडा अध्यक्ष हेमन्त कुमार चाैधरी अध्यक्षता मा वडा स्तरीय राहत वितरण गर्ने समिति गठन भएको छ । जसमा संयोजक हेमन्त कुमार चाैधरी , वडा सदस्य कल्लु प्रसाद मुराउ , कर तुल्ला मुसलमान , प्रभावती कुर्मी , ज्ञानवती रैदास , महाराजगन्ज नगरपालिका कार्य पालिका सदस्य चाैधरी नाउ , नेकपा का शिव पुनज यादव , नेपाली कंग्रेस का राम सिंह चाैधरी , समाजवादी का विनाेद कुमार सिंह ,राजपा का विक्रम बढाई, समाजसेवी पुल्लु हरिजन , राम प्रसाद यादव र सर्जु सरान चाैधरी समितिमा रहनु भएको छ ।
महाराजगन्ज नगरपालिका बाट अाज काेटेसन र दरभाउ समिति बाट निर्णय गर्नु भएको छ । सरकारले निर्देशन र मापदण्ड अनुसार गरिब , विपन्न , असहाय र श्रमिक हरुलाई राहत वितरण गर्ने निर्णय भएको छ ।
राहत मा चामल २५ किलाे , दाल २ किलाे , तेल १ किलाे र नुन १ किलाे दिने निर्णय भएको छ । बैठक वडा सदस्य र सबै पार्टी काे प्रतिनिधि हरु उपस्थिति मा राहत पाउने व्यक्ति हरुकाे नामावली सार्वजनिक गरिएको छ ।