
रबिन्द्र यादव / वैशाख ४
पश्चिम् नवलपरासीको इलाका प्रहरी कार्यालय बेलाटारीले लकडाउनको लागू भए देखि अहिलेसम्म लकडाउन उल्लङ्घन गर्ने ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार यो संख्या बिहीबार साँझ ५ बजेसम्मको हो ।
नियन्त्रणमा लिइएकाहरुलाई कोरोना भाइरसबारे प्रशिक्षण दिएर छाडिएको प्रहरी निरिक्षक खुमान्नद पाण्डेले जानकारी दिनु भएको छ । त्यसैगरी लकडाउनको अवधिमा नेपाल सरकारले करोना भाइरस नियन्त्रणका लागि चालेको लकडाउनको अवज्ञा, सर समान तस्करी गरेको लगायत विभिन्न आरोपमा करिब ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्यवाही अगाडि बढाएको जनाएको छ ।
