उत्तम कुमार थापा बझाङ – दिल्लीमा निर्माण गरिएको साेसाईटिले बझाङकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ३ मा स्थानीयहरुले मन्दिर निर्माण गरेका छन ।
खप्तड छान्ना गाउँपालीका वडा नम्बर तीन साउने गाउँमा रहेको मन्दिर निर्माण कार्यमा स्थानीय सरकार ले कुनै चासाे नदेखाएको पछि परम्परागत मानि आएकाे रितिरिवाज लाई मध्येनजर राख्दै स्थानीयहरुले आफ्नै लगानीमा मन्दीरकाे निर्माण सहयाेग गरेका हुन ।
हाम्रो सुदुरपश्चिममा परम्परागत मान्दै आएकाे धार्मिक अवस्थाका आधारमा मठमन्दीर बचाउनकाे लागि तीन नम्बर वडा कार्यालयले कुनै चासाे नदेखाएको भन्दै,मन्दिर निर्माण अध्यक्ष बसन्त शिलालले भने,खप्तड छान्ना गाउँपालीकाले र वडा नम्बर ३ ले कुनै जनताको गुनासोमा चासाे नदेखाएको भन्दै गाउँघरमा राेजगारी नपाएर मित्रराष्ट्र भारतमा कमाउन गएका दाजुभाइले सहयाेगले मन्दिर निर्मा सहित छत हाल्न सफल भएको बसन्त शिलाले बताए ।शिलालका अनुसार २०७० साल देखि,वडा नम्बर ३ साउने गाउँका मित्रराष्ट्र भारतमा बस्दै आएका दाजुभाइले सहयाेग गरेकाे बताउदै,सहयाेग गर्ने सबैलाई धन्यवाद दिनुभएको हाे । उनले हामी सँग कुरा गर्दै दिल्लीमा सँञ्चालन गरिएको साेसाईटिले,कालिका माताकाे मन्दिर निर्माण गर्ने बताउदै अहि सम्म दुदिर र ल्वाचाेर देवता मान्दै आएका हुन ।
दिल्लीमा मज्दुरी गर्दै कामाएकाे पैशाले मन्दिर निर्मा गर्दै उनले भने, २०५४ साल देखि कसैले चासाे देखाएको थिएन अहिले २०७० सालमा खडा गरिएको साेसाईटिले पाच लाख खर्च गर्दै मन्दिर बाठवाला र धलपुराकाे मन्दिर निर्माण भएको बताउदै ,दुदिर र ल्वाचाेरकाे माण्डाै निर्माण गर्न लागिपरेको बताउदै अर्काे काेषकाे निर्माण लागेको वसन्त शिलालकाे भनाइ छ ।
हाल,दिल्लीमा बस्दै आईरहेका स्थानीयहरुले सहयाे गर्दा करिव ५ लाख बराबरको मन्दिर निर्माण गरेको उनकाे भनाइ छ । उनकाे अनुसार अहिले स्थानीय सरकारले दलितहरुकाे नममा आएकाे बजेट कुन ठाउँमा जान्छ कहाँ खर्च हुन्छ आफुहरुलाई थाहा नहुने गरेकाे बताउदै स्थानीय सरकारकाे अनुभुती नभएको बताए ।