मोहमद साबिर मन्सुर / बैशाख ५ जनकपुर – जिल्लाको महावीर चोक मा भकरै दुई जना महिला ले १० रुपैयाँ को नोटमा थुक हाली बाटोमा पैसा फ़ाल्दै ,पसल को सटर मा पैसा पसाएर भगेकी छिन । जनकपुर को महावीर चौक मा कोरोना भाईरस फैलाउन मनसायले पैसा फालेको हुन सकने भएकाले चौक सहित स्थानीयमा डरत्रासको माहोल भएको छ ।
सत्य तथ्य को छान विन को लागि स्थानीय प्रशासन ले त्यो एरिया घेराउ गरेको छ । घेराउ गर्नु को साथ साथै स्थानीयहरु लाई यथार्थ कुरा थाहा नलागे सम्म घरमै बस्न अनुरोध गरेको जानकारी प्राप्त भएको छ।