कोरोना प्रभावितलाई राप्रपाको ५० बोरा चामल सहयोग

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र
शुक्रबार साझ सम्मको परिमाण अनुसार नेपालमा कोरोना भाइरस (कोभिड -19) बाट कुल ३० जना संक्रमित भएसगैँ नेपालको स्थिति झन भयावह बनेको छ। गत चैत ११ गतेदेखि लक डाउन गरिएपछि कोरोनाको संभावित जोखिम कम हुने देखिएको भएपनी लक डाउनको पुर्ण पालना नहुदा र भारत बाट भित्रीएका मुस्लिमहरु द्वारा नेपालमा कोरोनाको संक्रमण उच्च हुँदै गएको हो।

रोग एकातिर छदै छ तर भोक बाट मर्न नदिन हाल नेपालका धेरै स्थानहरुमा दैनिक ज्यालादारी, गरिब तथा बिपन्न परिवारलाई राहत दिने क्रम पनि जारी छ। बराहक्षेत्र नगरपालिकामा पनि विशेषगरी लक डाउनबाट प्रभावित दैनिक ज्यालादारी, गरिब तथा बिपन्न बर्गहरुलाई लक्षित गरि स्थापित बिपद ब्यबस्थापन राहत कोषमा सहयोग गर्नेहरु उल्लेखनीय रुपमा रहेको बुझिएको छ।

यसै शिलशिलामा, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नगर कार्यसमिति बराहक्षेत्रले शुक्रबार नगरपालिकाका लक्षित बर्गलाई पाउन भन्ने उदेश्यका साथ ५० बोरा चामल प्रदान गरेको छ। राप्रपा नगर अध्यक्ष अर्जुन भट्टराई, जिल्ला सदस्य राम ठकुरी, जिल्ला प्रबक्ता किरण चौलागाईंको उपस्थितिमा उक्त ६७ हजार मूल्य बराबरको चामल नगर अध्यक्ष भट्टराईले नगर प्रमुख निलम खनाललाई हस्तान्तरण गरेका हुन।

Mayadevi municipality
Leave A Reply

Your email address will not be published.