मोहमद साबीर मन्सुर / बैशाक ६ बारा – हिजो राती आएकाे हावाहुरी, पानी संगै असिनाले कलैया उपमहानगरपालिकाका खेतमा रहेका विभिन्न बालीहरूमा ठुलो क्षति भएको छ। राति आएको हावा हुरीले धेरै अन्न बालिको क्षति गरेको स्थानीय किसानहरुले बताएका छन्। मकै , गहुँ लगायतका धेरै बालिहरु खेतमै नष्ट भएकोले किसानहरु चिन्तित बनेका छन् । लक डाउनले गर्दा किसान हरु खेतमा रहेको बाली भित्र्याउन समस्या परिरहेको बेला मौसमले किसानहरु लाई झन चिन्तित बनाएको छ ।एक जना किसानले गुनासो गरे “न खेतमा गेहु काटन मजदुर पाइएका छन् न गेहु काटने हार्भेस्टर नै ” ।समयमा बाली भित्र्याउन नपाउदा हावाहुरी र पानीले खेतमा तयारी अवस्थामा रहेको बालीहरु क्रमश नस्ट हुँदै गइरहेको छ ।अहिले कोरोना महामारीको बेला भएको लकडाउनले किसान र मजदुर सबै भन्दा बढी मारमा परेका छन् ।तशर्थ सरकारले समयमै ध्यान पुर्याइ किसान र मजदुरको लागि राहात पेकेज घोषणा गर्न जरुरी देखिन्छ ।