नवलपरासीमा मदिर सहित तिन जना पक्राउ ।

0
Quantam abroad studies

रबिन्द्र यादव / बैशाख ६ नवलपरासी – जिल्लाको पश्चिमको बर्दघाट नगरपालिका -१२ भटौलियाका स्थानियले साइकलमा लोड गरि ल्याउदै गरेको १५ पेटी अर्थात ४ सय पचास पिस मदिरा पक्राउ गरि प्रहरीलाई बुझाएका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका वडा नं ६ बस्ने २१ बर्षिय सत्य प्रकाश मौर्या, सोही ठाउँ बस्ने बर्ष २९ का पन्ना गौड र बर्ष १६ का दशरथ गुप्ता रहेका छन् । लकडाउनको मौका छोपी लुकीछिपी बर्दघाट बाट मदिरा ल्याएको प्रहरीले बताएको छ । अहिले तिनै जनालाई इलाका प्रहरी कार्यालय बर्दघाटमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बिरेन्द्र थापाले बताए । अहिले उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसंधान भइरहेको थापाले जानकारी दिए ।

स्थानीयले प्रहरीको मिलोमतोमा मदिरा अोसारपसार भएको दाबी गरेका छन् । स्थानीयले बर्दघाटबाट मदिरा अाउदा पनि प्रहरी बेखबर भएको अारोप लगाएका छन् ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.