सुनवल नगर प्रमुखद्धारा पत्रकार महासंघलाई ७ सय थान मास्क प्रदान

0
Quantam abroad studies

रबिन्द्र यादव / बैशाख ७
नवलपरासी-जिल्लाको पश्चिम सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले जिल्लाका पत्रकारहरुलाई ७ सय थान (पिस) मास्क प्रदान गरेका छन् ।
कोरोना संक्रमणकाविरुद्ध पत्रकारहरु अग्रपंक्तिमा रहेकाले समाचार संकलनका क्रममा फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षित रहन सहयोग पुर्याउने उद्देश्यले नगर प्रमुख थापाले व्यक्तिगत रुपमा उपलब्ध गराएको मास्क पत्रकार महासंघ जिल्ला शाखा मार्फत पत्रकारहरुलाई प्रदान गरेका हुन् ।
महासंघलाई मास्क प्रदान गर्दै नगरप्रमुख थापाले पत्रकारहरु जोगिए मात्र समाज जोगिने भएकाले सुरक्षित भएर समाचार संकलन गर्नका लागि पत्रकारहरुलाई सहयोग गरेको बताए । आवश्यक परे पत्रकारहरुलाई पीपीईलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने समेत उनले प्रतिबद्धता जनाए । कोरोना संक्रमणका विरुद्ध पत्रकारहरुले निभाएको भूमिकाको प्रशंसा गर्दै उनले पत्रकारहरुलाई उत्साहित र प्रोत्साहन गर्न राज्यले पनि ध्यान दिनु पर्नेमा जोड दिए ।

sahani furniture udyog

महासंघमा प्राप्त भएको मास्क जिल्लामा हाल सञ्चालनमा रहेका सञ्चार संस्था र पत्रकारहरुलाई उपलब्ध गराइने महासंघका शाखा अध्यक्ष हरि शर्माले बताए । कोरोना संक्रमणका कारण जिल्लाका पत्रिकाहरु बन्द छन् । ६ वटा रेडियो र एक टेलिभिजन प्रसारणमा छन् । ‘ शाखामा उपलब्ध गराइएको मास्क प्रसारणमा रहेका सञ्चार संस्थाहरुलाई जनही ५० थानका दरले उपलब्ध गराइने छ । व्यक्तिगत रुपमा महासंघमा आवद्ध सदस्य र अन्य पत्रकारहरुलाई वितरण गरिने छ ।

महासंघ अध्यक्ष शर्माले भने पत्रकारहरुलाई मास्क लिनका लागि महासंघमा सम्पर्क राख्न अनुरोध गरिएको छ । स्मरण रहोस यस अघि उद्योग वाणिाज्य संघ प्रदेश नं ५ का अध्यक्ष गुणनिधी तिवारीले तीन सय र जिल्ला स्वास्थ्य कार्यालयले पचास थान माक्स महासंघलाई प्रदान गरि सकेका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.