
रोशन बिश्वकर्मा `दर्नाल´
बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड- 19) नेपालको मात्र हैन, बिश्वको नै एक ठूलो चुनौतीको रुपमा देखा परेको छ। बिश्वको ठूलो शक्तिशाली राष्ट्र अमेरिकामा सबैभन्दा धेरै प्रभाव परेको छ। यद्यपि अमेरिकाले कोरोना बाट मृत्यु हुनेहरूको संख्या न्यून गर्न त्यस्तो खास उपाय अबलम्बन गरे जस्तो लाग्दैन। यस्तो अबस्थामा हाम्रो देश नेपालले गरेको गतिविधि हेर्दा मन बुझाउने आधार देखिन्छ।
केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबै सबै यसतर्फ केन्द्रित छन। तर पनि गर्न सके जति नगरेको पो होकि?
कोरोनाको जोखिम कम गर्न गत चैत ११ देखि देशभर लक डाउन गरियो। जिविका उपार्जनका लागि काम गर्न घरदेखि टाढा गएकाले घरपरिवार भन्न पाएनन्, माइत गएकी श्रीमतीले आफ्नो घर जान्छु भन्न पाइनन्, घरमा बालाखा छोराछोरी छोडेर भारतमा काम गर्न गएकी आमा सिमाना अलपत्र परिन। यो दोष कसले बहन गर्ने? मेरो प्रश्न धरान उपमहानगरपालिका लाई। के हामिले जति सक्छौ त्यति गरिरहेका छौ त? लक डाउनको विशेष मारमा परेका दैनिक ज्यालादारी, गरिब तथा बिपन्नहरूको लागि स्थानीय सरकारले राहत बितरण गरिरहेको छ। तर, के त्यो राहत प्रभावकारी भैरहेको छ त? हामिले अनुगमन गरिरहेका छौ त? कतै पाउनुपर्नेहरुले राहत नपाएर भोकै बस्नुपर्ने अबस्था त छैन? त्यतातिर धरान उपमहानगरको ध्यान जावोस मेरो सुझाव छ। जनताको आशाको धरहरा बिपि स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा स्वास्थ्य उपचार सामाग्री, औसधिहरु पर्याप्त छन? डाक्टरहरुको स्वास्थ्य प्रती सुरक्षा अपनाइएको छ? बिरामीहरु बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाट राम्रोसँग चेकजाँच सम्म नपाएको, डाक्टरले गैर मानबिय व्यबहार गरेको र हेलचक्रयाइ गरेका समाचारहरु धेरै पटक बाहिर आइसकेका छन। त्यतातिर उपमहानगरको ध्यान गए राम्रो हुन्थ्यो।
म धरान उपमहानगरपालिका वडा नम्बर १७ मा बस्दै आएको छु। मैले मेरो वडा र समग्र धरानलाई नियालिरहेको पनि छु। हुन त स्थानीय प्रशासनलाई दोष्न खोजेको हैन, तर पनि मेरो प्रश्न छ कि, लक डाउन भनेको चोकचोकमा प्रहरी बसेर मात्र प्रभावकारी हुने कुरा हो? प्रहरी साथीहरूलाई मेरो अनुरोध छ। गाउगाउमा एक फन्को लगाउनुस, त्यहा तपाईंले रागा, सुँगुर काटेर पार्टी गर्दै गरेको भिड देख्न सक्नु हुनेछ। त्यहा तपाईंले हुलका हुल मान्छेहरूको संख्यामा तासको जमात देख्न सक्नु हुनेछ। त्यहा तपाईंले फुटबल, भलिबल खेलिरहेका युवाहरूको जमात देख्न सक्नु हुनेछ।
