सुरुदेखी अहिलेसम्म नर्वेमा कोरोना भाइरसको स्थिति सामान्य

0
Quantam abroad studies

हेम राज श्रेष्ठ
अहिले नर्वेमा लक डाउन भएको पनि एक महिना बढी भैसक्यो! हाल म बसेको ओस्लो एरियामा करिब २५०० को संख्यामा कोरोन भाइरस संक्रमित छन्!
नर्वेमा शुरुमा २६ फेब्रिवरीमा चीनबाट एक महिलाले कोरोना भाइरसको संक्रमण भित्राएकि थिइन्! शुरुमा यहाको सरकार केहि अलमल परेजस्तो देखियो तर संक्रमणको संख्या बढ्दै गए पछि १२ मार्चमा लक डाउन घोषणा भयो र यहाँ ग्रोसरिज़ लगायत अत्याबश्यक बस्तु तथा सेवा बाहेक रेस्टुरेन्ट, स्कुल, कलेज बन्द गरियो! त्यसपछि भाइरस रोकथाम तथा सुरक्षा अपनाउने सन्दर्भमा प्रत्येक व्यक्ति र अफिस लगायत हर ठाउँहरुमा सेनिटैजरको व्यापक प्रयोग भयो र भाइरसको चेन तोड्न शारीरिक र सामाजिक दुरी बडाइयो। साथसाथै एअरपोर्ट बन्द गरियो र लामो दुरीको यात्रामा रोक लागियो। अत्याबश्यक काम बाहेक घर बाहिर ननिस्कन निर्देशन भयो। तुलनात्मक रुपमा मानिसहरुको चहलपहल कमि भयो तर दुरी कायम गर्दै घरबाहिर निस्किने मानिसको पनि कमि भएन! अत्याबश्येक काम र किनमेल गर्नको लागि शहरमा पूर्व निर्धारित रुपमै बस र मेट्रो संचालन भै रहयो र अहिले सम्म चलिरहेको छ। सार्बजनिक सवारी प्रयोग गर्दा २-३ मिटरको दुरी कायम गर्न सुझाइयो । एशियन मुलको नगन्य मानिस बाहेक यहाँ कसैले पन्जा र मास्कको प्रयोग गरेनन्! कोरोनाले विश्वब्यापी रुप लिदै गर्दा खाद्यान्नको अभाब हुन्छ भनेर खाद्यान्न स्टोर पहिलेनै गरिसकेको थियो। अहिले सम्म खाद्यान्नको कुनै अभाब र कालोबजारी भएको छैन! आर्थिक तथा खाद्यान्न अभाब हुन नदिन सोसल सेकुरिटीमा रहेको कामदारलाई खाईपाई आएको तलब सुबिधा दिइयो।

सुरुमा तिब्र गतिमा दैनिक ३००-५०० संख्यामा देखिएको संक्रमण हेर्दा हाल नर्वेको अवस्था इटालीको जस्तो हुनु पर्ने हो तर रोकथामको उपाय स्वरुप साबधानीरुपमा बिबेकपूर्ण सेनिटैजरको प्रयोग, सोसल दुरी बडाइयो! साथै संक्रमित, संक्रमण सम्भावित र जोखिम व्यक्ति, संक्रमण व्यक्तिको सम्पर्कमा आएको व्यक्ति र तिनीहरुले गरेको यात्रा पहिचान, अलग गरि उपचार गरियो फलस्वरूप अहिले आएर यहाँ संक्रमणको संख्या निकै कम भएको र मृतु हुनेको संख्या पनि तुलनात्मक रुपमा निकै कमि छ! अर्को कुरा यहाको मानिसमा आत्मबल दह्रो, मर्न नडराउने स्वभाब, खानपानमा राम्रो ध्यान पुर्याएको, स्वस्थ सेवा राम्रो र शिक्षित देखियो जसको कारण यो महामारीलाई कम गर्न सके! अब नर्वे सरकारले कोरोना महामारी नियन्त्रणमा आइसकेको घोषणा गरिसकेको छ र चाडैनै लक डाउन हटाउने भनेको छ! यो बस्तुस्थिति हेर्दा नेपालमा पनि समयमै लक डाउन कडाईका साथ गरेको, रोकथामको उपायहरु अबलम्बन गरेको हुदा र भबिस्यमा पनि साबधानी र बिबेकपूर्ण तबरले काम गरे यो भाइरसले ठुलो महामारी लिदैन! तर सुरुमा संक्रमित भैसकेको र संक्रमण सम्भावित र जोखिमका व्यक्तिहरुको उपचारमा कुनै कशुर बाकी राख्न हुदैन। साथै उपचारमा सलग्न स्वस्थकर्मीको लागि पिपिइ लगायत आवश्यक स्वस्थ सामग्री तत्काल पूर्णरुपमा उपलब्ध गराई संक्रमित व्यक्तिको उपचार खटाउनु पर्दछ र संक्रमित व्यक्तिको पहिचानको लागि सिमानाका बन्द, अन्तराष्टिय आवतजावत बन्द, बिदेशमा अलपत्र परेको नेपालीहरुलाई नेपाल फर्किने ब्यबस्था र क्वारेन्टाइन पश्चात् भाइरस मुक्त निर्क्योल गरेर मात्र घर जान दिनुपर्छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.