सुबिन बिश्वकर्मा `लुते´
कोरोना भाइरस (कोभिड- 19) नामक प्राणघाती रोगले सारा जगत पिडाले छट्पटाइरहेको छ। चिनको हुवानबाट सुरु भएको कोरोना भाइरस इटाली हुँदै पछिल्लो समय अमेरिका धेरै प्रभावित बनेको देखिन्छ। साराका सारा मान्छेले ज्यान गुमाएका छन। बालबालिका, तरुण तन्नेरी, बृद्धबृधा सबैसबै यसको सिकार भएका छन। सोच्नुस त! मृत्यु सँग हामिलाई कति धेरै डर लाग्छ तर मान्छे त्यही धुर्ब सत्यलाई स्विकारेर मरिरहेका छन।
कत्तिले आखाकै अगाडि आफन्त गुमाए, श्रीमती गुमाए, आमा गुमाए र आफै पनि स्वर्गबास भए। तर ढुक्क हुनुस! मैले हाम्रो देशको कुरा गरिरहेको छैन। यो सबै बिश्वका अन्य देश अमेरिका, इटाली, चीन, फ्रान्स, भारत र अरुअरु देशमा भैरहेको छ। भाग्यबस हामिकहाँ त्यस्तो छैन र कामना गरौ, नहोस पनि।
पछिल्लो तथ्यांक अनुसार नेपालमा ४८ जना कोरोना संक्रमित पुष्टि भएका छन। पुर्वमा पनि उदयपुर, सर्लाही, झापा लगाएतका जिल्ला प्रभावित छन। तर अहँ, मरिने भो अब भनेर नआतिनुस! ४८ जना संक्रमित मात्र लाई हेरेर हुदैन। ७ जना निको पनि भएका छन। यसबाट मर्ने भनेको हामी आफैमा भर पर्छ। आत्माबल बलियो बनाउनुस। घरमै बस्नुस। अत्यावश्यक काम बाहेक बाहिर ननिस्किनुस। यो बेला साथीभाइ, नरनाता, आफन्त भनेर घरमा बोलाउने, आफु पनि जाने बेला हैन। त्यस्तो झुक्किएर पनि नगर्नुस। साबधानी अपनाउनु भएन भने नेपालको अबस्था चाडै अमेरिकाको जस्तो हुदैन भन्न सकिँदैन।
लक डाउन छ, घरमै बस्नुस। सरकारले हाम्रो लागि गरेको निर्णय लक डाउन विशेष पालना हामिले गर्नै पर्छ। अनि के, हाम्रो दायित्व घरमा बस्ने मात्र होत? लक डाउन भएको महिना दिन बितिसक्यो। गरिब, दैनिक ज्याला गरेर हातमुख जोड्ने बर्गहरुको अबस्था पनि सारै दर्दनाक छ।
ल भैगो, लक डाउन, कोरोना भाइरसले निम्त्याएको समस्या नसुन्ने हामी बिरलै होला र, हामी घरमा बस्छौ। सामाजिक संजाल जिन्दावाद! समाचार आइरहेको हुन्छन कोरोना भाइरसको कारण २ बर्षे बालकको ज्यान गयो´
चीनमा कोरोना संक्रमण न्यून हुदै´ `लक डाउन पीडितलाई ५ केजि चामल´। हामिलाई त्यतातिर खासै चासो हुदैन। धेरै हैन, मात्र दुई मिनेट समय लिएर सोच्नुस त!
आमाले नौ महिना कोखमा राखी जन्माएको सन्तान गुमाइन, युगौगुग सगँसगै जिउने मर्ने कसम खाएका प्रेमीले आफ्नी प्रेमिका गुमाए, छोराछोरी लाई परदेश बाट टन्न पैसा कमाएर ल्याउने भन्दै हिडेका बाबा अन्तिम पटक सन्तान भेट्न पाएनन्, भर्खर बिहे गरेकि श्रीमती लाई मुटुभरी माया संगालेर बिदेशिएका श्रीमानको श्रीमती भेट्ने इच्छा पूरा भएन। हामी घरभित्र छौ। दिनभरीको लक डाउन। कहि कतै हिड्ने कुरा त सोच्नु पनि भएन। हाम्रो काम बक्वास मिमहरु शेयर गर्ने, गरिबले पाएको राहतको धज्जी उडाउने, गरिबले एक छाक खान नपाएर छटपटाइ रहेको बेला सामाजिक सञ्जालमा परिकार वाला फोटो राखेर गरिबको भावाना सँग खेलवाड गर्ने। वाह! हाम्रो मानबता। वाह! हाम्रो पहिचान। केही गर्न सकिँदैन भने केही नगर्दा केही जान्थ्यो र? थोरै भएपनी सहानुभूति देखाउ न हजुर!
सुरुमाकर्मी र स्वास्थ्यकर्मीलाई मेरो अन्तरमन देखि नमन छ। हामी कति महान छौ हगि! हाम्रो लागि दिनरात खटिएका प्रहरीको आँखा छलेर हिडिदिन्छौ, बाहिर निस्किन चोर बाटो खोज्छौ, प्रहरी हाम्रो लागि खटिएको हामिलाई थाहा छैन। बिन्ती छ! बाहिर ननिस्किदिनुस। आफू त मर्नु हुन्छ नै तपाईंले गर्दा अरु पनि मर्छन।
र अन्त्यमा, कोरोना विरुद्धको लडाइमा हाम्रो जित हुनेछ। यसबाट जैविक क्षति भएको खबर सुन्न नपरोस। सबैजना प्रहरी र सरकार कै लागि भए पनि घरमै बसिदिनुस। सुरक्षित रहनुस।