भारतबाट कृष्णनगर नाका हुँदै ३५ जना नेपाल प्रवेश

0
Quantam abroad studies

कृष्णनगर, बैशाख १३
लकडाउनका कारण भारतकाे क्वारेन्टाइनमा राखिए का ३५ जना नेपाली लाई कृष्णनगर नाका बाट नेपाल प्रवेश गराइएको छ ।

कपिलवस्तु कृष्णनगर नाकाबाट प्रवेश गर्ने लाई भन्सार यार्डमा आर.डि.टी. टेस्ट गरिए को छ । दाङको ८ , रुपन्देहीको ४, झापाको १ र बाकी कपिलवस्तुको गरि जम्मा ३५ जना लाई नेपाल भित्र्याएको छ।कपिलवस्तु जिल्ला भित्रका ब्यक्तिहरुलाई सम्बन्धित पालिकामा रहेको क्वारेन्टाइनमा पठाइएको र बाहिर जिल्ला का रहेका ब्यक्तिहरु लाई एम्बुलेन्स द्वारा सम्बन्धित ठाउँमा पठाउने ब्यवस्थापन गरिए को प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पाैडेलले बताउनु भयो ।

भारतका सिद्धार्थनगर र बलरामपुर का डिस्ट्रिक मजिस्ट्रेटहरु सँग समन्वय गरि कृष्णनगर नाका खाेलेर भारतका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई नेपाल भित्रियाइएकाे बताइए को छ । त्यसै गरि साइकलबाट हिडेका ३६ जना तिर्थयात्रीहरु लकडाउनका कारण कृष्णनगरमा फसेका थिए । ती ३६ जनालाई भारतीय सुरक्षा निकायकाे जिम्मा लगाइएकाे नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनुभयाे ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.