महाराजगन्ज वडा न.०६ मा राहत वितरण कार्य सुरु

0
Quantam abroad studies

कृष्ण कुमार यादव , बैशाख १६
कपिलवस्तु – जिल्ला काे महाराजगन्ज नगर पालिका वडा नम्बर ६ का वडा अध्यक्ष हेमन्त कुमार चौधरीकाे नेतृत्वमा गरिब , विपन्न , मजदुर घर परिवार लाई राहत वितरण गर्ने कार्य बिहाना ११.०० बजे बाट सुरु गरिएको थियो ।

राहत वितरण कार्यक्रम मा वडा अध्यक्ष हेमन्त कुमार चौधरी , वडा सदस्य कल्लु मुराउ,प्रभावती चाैधरी , करकतुल्ला मुसलमान , ज्ञानमती रैदास,वडा सचिव ध्रुब कुमार चाैधरी र सबै पार्टीका प्रतिनिधि हरुले सर्वदलीय बैठक बसी मा पार्टीका प्रतिनिधि नेकपा का शिव पुजन यादव , समाजवादी फोरम का विनोद कुमार सिंह , राजपा का बिक्रम बढ़ाई र नेपाली कंग्रेस का राम सिंह चौधरी लगायत द्वारा नामावली तयार गरिएको थियो ।

नामावली काे अाधार बाट राहत वितरण गरिएको वडा अध्यक्ष हेमन्त कुमार चौधरीले जानकारी दिनु भएको छ । वडा काे सबै गाउँमा आज रातह वितरण गरेर हुदैन वाकी रहेको गाउँमा भाेली पनि वितरण गर्ने अध्यक्ष चौधरीले बताउनु भयो ।

महराजगंज नगरपालिक वडा नं ०६ का मा ३ सय ३१ जना गरिब , मजदुर र विपन्न परिवार लाई चामल २५ किलो, दाल २ किलो, नुन १ किलो , सन फलावर (तेल) १ लिटर राहत सामाग्री वितरण गरिएको छ ।

अध्यक्ष चौधरीकाे अनुसार महाराजगन्ज नगरपालिका भित्र का सबै वडा लाई राहत वितरण गर्न काे लागि ५ लाख रुपैया दिइएको बताउनु भयो।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.