प्रबेश बिष्ट ,बैशाख १६ मोरङ-जिल्लाको रतुवामाई नगरपालिकाले लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका एक सय ९४ जनाकोे उद्धार गरी ल्याएको छ ।
काठमाडौँबाट गाउँ फर्कन चाहनेहरुलाई मंगलबार पाँचवटा बसको व्यवस्था गरी उद्धार गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख रविन राईले मंगलबार काठमाण्डौ बाट पाँच बसमार्फत अलपत्र नागरिकको उद्धार गरी ल्याएको जानकारी दिनुभयो । लकडाउनका कारण राजधानी काठमाडासँगै बनेपा, भक्तपुर मा अलपत्र परेका नगर बासी लाई मङ्गलबार उद्धार गरिएको मेयर राईले बताउनुभयो ।
नगरपालिका को समन्वयमा नगरबासी को उद्धार गरिएको हो । लकडाउन थपिदै जाँदा घर जाने यात्रुहरुको संख्या बढ्दै गएपछि नगरपालिकाले उद्धार गरेको हो । काठमाण्डौँ बाट ल्याइएका नगरबासीहरुलाई रतुवामाई ८ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेनटाईनमा राखी स्वास्थ्य परिक्षण गरेर मात्र घर पठाइएको प्रमुख राई ले जानकारी दिनुभयो । उद्धार गरिएका सबै लाई अभिभावक को सम्पर्क गराई होम क्वारेनटाइनमा बस्नसमेत नगरपालिकाले अनुरोध गरेको मेयर राईको भनाई छ ।
विभिन्न संघसंस्थाहरुले बीच बाटोमा खाना खुवाएर हाम्रा लागि भगवान बनेर आए, एक व्यक्तिले भने, “ काठमाण्डौँमा भोकमरी र कोरोनाको त्रास उत्तिकै थियो जसो तसो गाँउघर सम्म आइपुगियो अब त भोकमरी को चिन्ता नै हरायो। नगरपालिकाले उद्धार गरिएका नागरिकहरु लाई स्वास्थ्य परिक्षण पश्चात खाजा खुवाएर अभिभावकको जिम्मा लगाइएको थियो ।