ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख प्रहरी निरीक्षक खुमानन्द पान्डेले एकशनमा आउदा :मदिरा तस्करहरुको माल समान धामाधम पक्राउ ।

0
Quantam abroad studies

नवलपरासी १८ बैषाख

sahani furniture udyog

नवलपरासी पश्चिमको ईलाका प्रहरी कार्यालय बेलाटारीको गस्ती टोली यतिखेर सक्रिय रूपमा परिचालन भएको छ । बिश्व भरी फैलिएको कोभिड १९ कोरोना भाइरस को उच्च जोखिमलाई न्यूनीकरण गर्नका लागि देशमा जारी रहेको लकडाउन को मौका छोपेर स्थानीय तस्करीहरुले घरेलु मदिरा र कम्पनी उत्पादन मदिरा छिमेकी राष्ट्र भारत तर्फ अवैध रूप मा लैजादै गर्ने क्रममा नेपाल भारतको विभिन्न सिमा नाका बाट मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलाटारी ले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी निरीक्षक खुमानन्द पाण्डेको नेतृत्वमा खटिएको गस्ती टोलिले जिल्लाको प्रताप पुर गाउपालिका वडा न:७ जगरनाथपुरमा राती अज्ञात ब्यक्तिहरुले लैजादै गरेको २०० दुई सय लिटर घरेलु मदिरा र ५ कार्टुन फायर,स्टार नामक रक्सि र त्यसैगरि भारत वाट नेपाल तर्फ ल्याउदै गरेको २०केजि सुर्ती समेत प्रक्राउ गरेका छ्न। करिब ५० हजार बराबरको मदिरा बरामद गरि महेशपुर भन्सार कार्यालय नवलपरासीलाई बुझाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी गराएका छन ।

नेपाल भारतको सिमामा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन हुँदा पनि तस्करीहरुले एक किसिमको सुरक्षाकर्मी लाई चुनौती दिइरहेका छन रातीको समय र दिउँसो र बिहान को समयलाई मौका छोपी मदिरा खाद्यान्न सामग्री,किराना पसलका सामग्री र लागु औषध जस्ता सामानहरु नेपाल भारतको नाका पार गरि तस्करी हुने गरेको सिमाका स्थानीय बासीहरुले गुनासो गरेका छ्न ।

भने स्थानीयकै स्रोत अनुसार र तिब्ररूपमा गस्ती टोलि परिचालन गरेपछि तस्करहरुको भागाभग मच्चिएको छ। प्रहरीको सक्रियता देखेर स्थानीय बासिहरुले सुरक्षीत महसुस समेत गरेकाछ्न।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.