
सुबिन बिश्वकर्मा लुते/ बिशाख १८
सुनसरी – कोरोना भाइरस (कोभिड- 19) बाट हुने थप जोखिम लाई कम गर्ने उद्देश्यले देशभर गरिएको लकडाउन को कारण धेरै मानिसहरु मा खाधान्नको अभाव भएको छ।
विशेषगरि दैनिक मजदुरी गर्ने, सडक बालबालिका तथा बृद्दाहरु, गरिब एबम् बिपन्न परिवारहरुमा गत चैत ११ गते गरिएको लकडाउनले भोकै बस्नुपर्ने अबस्था आएको हो।
आफ्ना नागरिकहरु दैनिक हातमुख जोड्नबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले यसतर्फ केन्द्र, प्रदेश तथा स्थानीय सरकारहरु लागि परिरहेका छन। पछिल्लो समय सरकारले अबलम्बन गरेको एकद्वार प्रणाली मार्फत विभिन्न संघ संस्था, एनजीओ, आइएनजिओ तथा ब्यक्तिहरुले राहत बितरण गर्ने क्रम उर्लदो रुपमा देख्न सकिन्छ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नगर कार्यसमिति धरानले बिहीबार सडक मानिसहरू लाई भोजन गराएको छ। धरान १८ स्थित लाङगाली बन उपभोक्ता समुहको हाता भित्र को क्वारेन्टाइनमा बसेका ९८ जना सडक बालबालिका एबम् बृद्ध बृदाहरु लाई भोजन गराइए को नगर अध्यक्ष नवीन पराजुलीले बताए। उनका अनुसार उनी लगाएत युबक संगठन का केन्द्रिय सदस्य रोशन बिश्वकर्मा `दर्नाल´, नगर सदस्य आशिष जंग कार्की र केन्द्रिय सदस्य हरिकृष्ण श्रेष्ठको उपस्थितिमा भोजन गराइएको हो।
