उत्तम कुमार थापा, बझाङ यति बेला देश लकडाउनकाे पुर्ण बन्दावन्दीमा देखिन्छ ।
काेभिड १९ अर्थात काेरना सँक्रमणले गर्दा विश्व तरङ्गित अवस्थामा देखिन्छ भने,विश्वका अधिकाङ्स देशहरु लक डाउनमा रहेको वेला नेपाल पनि पुर्ण लकडाउनमा रहेको हाे ।
सुदुरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बझाङमा पनि लकडाउन सँचालन भएको देखिए पछि कतिपय स्थानीय जनसमुदाय हरुमा खानलाउन समस्या भएको देखिन्छ।तर यता केदारस्यु गाउँपालीका स्थानीय सरकारभने यतिबेला राहत वितरण गर्दैछ । केदारस्यु गाउँपालीका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष लाेकेश भण्डारी भने,अहिले गरिवकाे घरघरमा गएर राहत वितरण गरिरहेका छन ।
केदारस्यु गाउँपालीकाकाे वडा नम्बर एक का अध्यक्ष भण्डारी ले वडा नम्बर एकमा रहेका गरिव विपन्न दलित लगाएत मज्दुरहरु लाई घरघरमा गएर सामाजिक दुरि कायम गर्दै वितरण गर्दै आएकाे स्थानीयहरुकाे भनाइ छ । स्थानीय का अनुसार अध्यक्ष भण्डारीले गरिव विपन्न असाहय परिवारलाई यसरी राहत वितरण गरे पछि स्थानीय सरकारकाे अनुभुती भए को र सरकारले याे समयमा राम्रो कार्य गरेको भन्दै सबै स्थानीयहरुले खुसिव्याक्त गरेका हुन ।
तर अहिलेकाे सँङ्कटकाे समयमा अध्यक्ष भण्डारी घरघरमा गएर राहत वितरण गर्दै गर्दा ,उनले ३४१ घरपरिवारलाई राहत वितरण गरेका थिए जसमा चामल प्रतिपरिवार २० केजीका दरले बितरण गरेका हुन भने नुन एक केजी,खानेतेल एक लिटर दाल एक केजीका दरले वितरण गरेकाे उहाले बताए । अझै नपुगेकाे घरमा वितरण गर्ने भन्दै कसै समुदायलाई पनि स्थानीय सरकारले भाेकभाेकै रहन नदिने उनकाे भनाइ छ ।