चक्रघट्टी जेसीजको वक्तृत्वकलाको उपाधि जय सप्तकोसी स्कूललाई

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा लुते/ बराहक्षेत्र ।
चक्रघट्टी जेसिसको आयोजनामा भएको अन्तर माध्यमिक बिधालय स्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगिता को उपाधी जय सप्तकोसी इङलिस स्कुल प्रकाशपुरकी सुदिक्षा आचार्यले जितेकी छन।
कोरोना भाइरस (कोभिड-19) का कारण भइरहे को लक डाउनको समयलाई सदुपयोग गर्दै वराहक्षेत्र नगरपालिका मा रहेका निजी विद्यालयहरूको सहभागीतामा आयोजित अन्तर मा.वि. स्तरीय सो प्रतियोगितामा मर्निङ स्टार स्कुल चक्रघट्टीका मिसन मण्डल र बराह राइजिङ इङलिस स्कुल चतराकी भूमिका राईले क्रमशः द्वितीय र तृतीय स्थान हात पारे।
“सकारात्मक परिवर्तनका लागि युवा नेतृत्व” बिषयक प्रतियोगितामा नेपाल जेसीज बर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष जेसी कृष्ण सापकोटा, तरहरा जेसीज बर्ष २०२० का अध्यक्ष तथा नेपाल जेसीजको वक्तृत्वकला प्रतियोगिताका स्वर्ण पदक बिजेता जेसी सुनिल तिम्सिना र नेपाल जेसीज २०१९ को वक्तृत्वकला प्रतियोगिताका स्वर्ण पदक बिजेता देबु बानियाँ को निणार्यक टोली ले उनीहरु लाई छनोट गरेको आयोजकले जानकारी दिएको छ।

नेपाल जेसीज बर्ष २०२० का राष्ट्रिय अध्यक्ष जेसी आइ सिनेटर अशोक शंकर , राष्ट्रिय पदाधिकारी, पूर्व राष्ट्रिय अध्यक्ष, पूर्व राष्ट्रिय पदाधिकारी, नेपाल जेसीजका विभिन्न शाखाका बर्ष २०२० का शाखा अध्यक्ष तथा शाखाका पदा धिकारी, चक्रघट्टी जेसीजका पूर्व अध्यक्षहरुमाझ सम्पन्न भए को उक्त प्रतियोगिता एउटा नौलो अनुभव बनेको चक्रघट्टी जेसिस बर्ष २०२० का अध्यक्ष सन्तोष चौलागाईंले बताए। अनलाइनको मद्दतले गरिएको कार्यक्रम जुम एप (zoom app) बाट सम्भव भएको चौलागाईंले भने।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.